अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

तपाईंहरूको संस्थापक को हो?

तपाईंहरूको संस्थापक को हो?

यहोवाका साक्षीहरूको सङ्गठनको आधुनिक इतिहास १९ औं शताब्दीको अन्ततिर सुरु भएको थियो। त्यतिबेला अमेरिकास्थित पेन्सिलभेनियाको पिट्सबर्ग भन्ने ठाउँमा बस्ने बाइबल विद्यार्थीहरूको एउटा सानो समूहले व्यवस्थित तरिकाले बाइबलको अनुसन्धान गर्न थाल्यो। चर्चले दिने शिक्षा र बाइबलमा लेखिएको कुरा मेल खान्छ कि खाँदैन भनेर तिनीहरूले तुलना गरेर हेरे। तिनीहरूले आफूले सिकेका कुराहरू किताब, अखबार अनि एउटा पत्रिकामा प्रकाशित गर्न थाले। त्यस पत्रिकालाई अहिले हामी प्रहरीधरहरा—यहोवाको राज्यको घोषणा गर्छ भन्ने नामले चिन्छौं।

इमानदार बाइबल विद्यार्थीहरूको त्यो समूहमा चार्ल्स टेज रसल नामका विद्यार्थी पनि थिए। हुन त हो, रसलले नै बाइबलको शैक्षिक कार्यको नेतृत्व लिएका थिए अनि तिनी प्रहरीधरहरा-को पहिलो सम्पादक पनि थिए, तर तिनी नयाँ धर्मका संस्थापक भने थिएनन्‌। रसल र अरू बाइबल विद्यार्थीहरूको त्यतिबेला एउटै मात्र लक्ष्य थियो—येशू ख्रीष्टको शिक्षालाई विस्तार गर्नु र प्रथम शताब्दीको ख्रीष्टियन मण्डलीको पाइला पछयाउनु। ख्रीष्टियन धर्मको संस्थापक येशू ख्रीष्ट हुनुभएकोले हामी आफ्नो सङ्गठनको संस्थापक पनि येशू ख्रीष्टलाई नै मान्छौं।कलस्सी १:१८-२०.