सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

कुनै यहोवाको साक्षीले ‘अबदेखि म यहोवाको साक्षी हुन चाहन्नँ’ भनेर राजीनामा दिन सक्छन्‌ कि सक्दैनन्‌?

कुनै यहोवाको साक्षीले ‘अबदेखि म यहोवाको साक्षी हुन चाहन्नँ’ भनेर राजीनामा दिन सक्छन्‌ कि सक्दैनन्‌?

सक्छन्‌। हाम्रो सङ्‌गठनको कुनै पनि सदस्यले दुई तरिकामा यसो गर्न सक्छन्‌:

  • औपचारिक अनुरोधद्वारा। कुनै पनि यहोवाको साक्षीले ‘अबदेखि म यहोवाको साक्षी हुन चाहन्नँ’ भनेर लिखित रूपमा वा मौखिक रूपमा राजीनामा दिन सक्छन्‌।

  • कामद्वारा। कुनै व्यक्तिले गरेको कामले पनि ऊ यहोवाको साक्षी हुन चाहँदैन भन्ने कुरा देखिन्छ। यस्तो अवस्थामा उसको सदस्यता स्वतः खारेज हुन्छ। (१ पत्रुस ५:९) जस्तै, ऊ अर्कै धर्ममा लाग्न सक्छ र त्यही धर्ममा लागिरहन चाहेको हुन सक्छ।१ यूहन्ना २:१९.

कोही प्रचार र सभा जान छोड्‌यो भने नि? यस्तो अवस्थामा उसले राजीनामा दिएको ठहरिन्छ?

ठहरिंदैन। राजीनामा दिनु वा धर्म छोड्‌नु विश्वास कमजोर हुनुभन्दा फरक कुरा हो। प्रायजसो अवस्थामा कुनै व्यक्ति केही समयको लागि विश्वासमा कमजोर भयो अनि उपासनाका कार्यक्रमहरूमा भाग लिन छोड्‌यो भन्दैमा उसले परमेश्वरलाई त्याग्यो भन्न मिल्दैन। तर ऊ निराश भएकोले यस्तो अवस्थामा पुगेको हुन सक्छ। हामी ऊदेखि टाढा हुँदैनौं बरु उसलाई सान्त्वना दिन्छौं र मदत गर्छौं। (१ थिस्सलोनिकी ५:१४; यहूदा २२) यदि उक्त सदस्य मदत चाहन्छन्‌ भने मण्डलीका एल्डरहरू उसलाई आध्यात्मिक मदत दिन सधैं तयार छन्‌।गलाती ६:१; १ पत्रुस ५:१-३.

तर कसैलाई यहोवाको साक्षी भइरहन जबरजस्ती गर्ने वा दबाब दिने अधिकार एल्डरहरूलाई दिइएको छैन। कुन धर्म मान्ने भन्ने कुरा व्यक्ति आफैले निर्णय गर्न सक्छन्‌। (यहोशू २४:१५) मानिसले कसैको करकापमा परेर होइन, राजीखुसीले अनि मनैदेखि यहोवा परमेश्वरको उपासना गर्नुपर्छ।भजन ११०:३; मत्ती २२:३७.

अझ बढी सिक्नुहोस्

अक्सर सोधिने प्रश्नहरू

यहोवाका साक्षीहरू तिनीहरूको धर्म छोड्नेसित सङ्गतै गर्दैनन्‌ हो?

कहिलेकाहीं कसै-कसैलाई बहिष्कार गर्नुपर्ने हुन्छ तर त्यस्तो कदमले तिनलाई मण्डलीमा फर्कन मदत गर्न सक्छ।

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?

यहोवाका साक्षीहरू कस्ता मानिस हुन्‌?

तपाईं कति जना यहोवाका साक्षीलाई चिन्नुहुन्छ? तपाईंलाई हामीबारे वास्तवमा के थाह छ?

अक्सर सोधिने प्रश्नहरू

यहोवाका साक्षीहरू परिवार टुक्राउँछन्‌ कि बलियो बनाउँछन्‌?

कहिलेकाहीं यहोवाका साक्षीहरूलाई परिवार टुक्राउनेहरू भनेर आरोप लगाएको पाइन्छ। तर के साक्षीहरूले साँच्चै परिवारमा समस्या निम्त्याउँछन्‌?