अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

के तपाईंहरू येशूमा विश्वास गर्नुहुन्छ?

के तपाईंहरू येशूमा विश्वास गर्नुहुन्छ?

हो, हामी येशूमा विश्वास गर्छौं। उहाँले यसो भन्नुभएको थियो: “बाटो, सत्य र जीवन मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” (यूहन्ना १४:६) येशू स्वर्ग छोडेर यस पृथ्वीमा आउनुभयो र छुडौतीको बलिदान स्वरूप आफ्नो त्रुटिरहित मानव शरीर अर्पण गर्नुभयो भनेर हामी विश्वास गर्छौं। (मत्ती २०:२८) उहाँको मृत्यु र पुनर्जीवनले गर्दा उहाँमाथि विश्वास गर्ने हरेकले अनन्त जीवन पाउन सम्भव भयो। (यूहन्ना ३:१६) येशू अहिले परमेश्वरको स्वर्गीय राज्यको राजा हुनुहुन्छ र चाँडै नै त्यस राज्यले यस पृथ्वीमा शान्ति ल्याउनेछ भनेर पनि हामी विश्वास गर्छौं। (प्रकाश ११:१५) तर हामी येशूले भनेको यो कुरा पनि मानिलिन्छौं: “मभन्दा बुबा महान्‌ हुनुहुन्छ।” (यूहन्ना १४:२८) त्यसैले हामी येशूको उपासना गर्दैनौं किनकि उहाँ सर्वशक्तिमान्‌ परमेश्वर हुनुहुन्न भनेर हामीले बुझेका छौं।

 

अझ बढी सिक्नुहोस्

येशू ख्रीष्ट को हुनुहुन्छ?

येशू किन मर्नुभयो, फिरौती के हो अनि येशू अहिले के गर्दै हुनुहुन्छ, थाह पाउनुहोस्।