सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?

यहोवाको साक्षी हुन मैले के गर्नुपर्छ?

यहोवाको साक्षी हुन के गर्नुपर्छ भनेर येशूले मत्ती २८:१९, २० मा बताउनुभएको छ। ती बाइबल पदहरूमा येशू ख्रीष्टको चेला बन्न के गर्नुपर्छ भनेर लेखिएको छ। ख्रीष्टको चेला बन्नुमा यहोवाबारे अरूलाई बताउनु अथवा साक्षी दिनु समावेश छ।

पहिलो कदम: बाइबलको शिक्षा सिक्नुहोस्। येशूले आफ्ना अनुयायीहरूलाई ‘चेला बनाओ अनि सिकाओ’ भनेर आज्ञा दिनुभयो। (मत्ती २८:१९, २०) “चेला” भनेर अनुवाद गरिएको शब्दको शाब्दिक अर्थ “सिक्ने व्यक्ति” हो। बाइबलमा आनन्दित अनि अर्थपूर्ण जीवन बिताउन चाहिने थुप्रै जानकारी पाइन्छ। (२ तिमोथी ३:१६, १७) यस्तो जानकारी विशेषगरि येशूले दिनुभएको शिक्षामा पाइन्छ। हामी तपाईंलाई निश्शुल्क रूपमा बाइबलको कुरा सिकाउन खुसी छौं।मत्ती १०:७, ८; १ थिस्सलोनिकी २:१३.

दोस्रो कदम: सिकेको कुरा लागू गर्नुहोस्। आफूले ‘आज्ञा गरेको सबै कुरा पालन’ पनि गर्नै पर्छ भनेर येशूले बताउनुभयो। (मत्ती २८:२०) यसको मतलब बाइबलको अध्ययन गर्नुको उद्देश्य दिमागी ज्ञान बढाउने मात्र होइन, बाइबल अध्ययन गर्दै जाँदा आफ्नो सोचाइ र आनीबानीमा आमूल परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ। (प्रेषित १०:४२; एफिसी ४:२२-२९; हिब्रू १०:२४, २५) येशूको आज्ञा पालन गर्नेहरूले आफ्नो जीवन यहोवा परमेश्वरमा समर्पण गरेर येशूको पछि लाग्ने निर्णय गर्छन्‌।मत्ती १६:२४.

तेस्रो कदम: बप्तिस्मा गर्नुहोस्। (मत्ती २८:१९) बाइबलमा बप्तिस्मा गर्नुलाई लास गाड्‌नुसित तुलना गरिएको छ। (रोमी ६:२-४ तुलना गर्नुहोस्।) बप्तिस्माले आफ्नो पुरानो जीवनशैलीलाई मार्नु र नयाँ जीवन जिउनुलाई सङ्‌केत गर्छ। माथि उल्लेख गरिएका दुइटा कदम तपाईंले चालिसक्नुभयो अनि सफा अन्तस्करण राख्न परमेश्वरलाई बिन्ती गर्दै हुनुहुन्छ भनेर सबैलाई थाह दिन बप्तिस्मा गरिन्छ।हिब्रू ९:१४; १ पत्रुस ३:२१.

बप्तिस्मा गर्न तयार भएँ कि भइनँ भनेर कसरी थाह पाउने?

मण्डलीका एल्डरहरूसित कुरा गर्नुहोस्। तपाईंले बप्तिस्मा गर्नुको अर्थ बुझ्नुभएको छ कि छैन, सिकेको कुराहरू लागू गर्दै हुनुहुन्छ कि हुनुहुन्न अनि आफ्नै इच्छाले परमेश्वरलाई जीवन समर्पण गर्नुभएको हो कि होइन भनेर पक्का गर्न एल्डरहरूले तपाईंसित कुरा गर्नेछन्‌।प्रेषित २०:२८; १ पत्रुस ५:१-३.

यहोवाको साक्षीको छोराछोरीले पनि यी कदमहरू चाल्नुपर्छ?

चाल्नुपर्छ। बाइबलले भनेझैं हामी आफ्ना छोराछोरीलाई “यहोवाको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी” दिएर हुर्काउँछौं। (एफिसी ६:४) तर हुर्कंदै जाँदा बाइबलको कुरा सिक्न, त्यसको शिक्षा स्वीकार्न अनि सिकेको कुरा लागू गर्न छोराछोरी आफैले निर्णय गर्नुपर्छ। यस्तो निर्णय बप्तिस्माको लागि योग्य हुनअघि नै गरेको हुनुपर्छ। (रोमी १२:२) प्रत्येक व्यक्तिले अरूको करकापमा परेर होइन, आफ्नै इच्छाले परमेश्वरको सेवा गर्ने निर्णय गर्नुपर्छ।रोमी १४:१२; गलाती ६:५.

अझ बढी सिक्नुहोस्

परमेश्वरबाट आएको सुसमाचार!

तपाईं साँचो उपासना कसरी चिन्न सक्नुहुन्छ?

के साँचो धर्म एउटै मात्र छ? साँचो उपासकहरूलाई चिनाउने पाँच वटा कुरा याद गर्नुहोस्।

अक्सर सोधिने प्रश्नहरू

के यहोवाका साक्षीहरू आफूले मानेको धर्म मात्र साँचो हो भनेर विश्वास गर्छन्‌?

उद्धार पाउनको लागि जुन बाटो हिंडे पनि हुन्छ भनेर के येशूले सिकाउनुभयो?