अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

बाइबल अध्ययन भनेको के हो?

बाइबल अध्ययन भनेको के हो?

यहोवाका साक्षीहरू मानिसहरूलाई बाइबल अध्ययन गर्ने प्रस्ताव राख्छन्‌। त्यस्तो अध्ययनमा थुप्रै प्रश्नको जवाफ दिइन्छ। जस्तै:

  • परमेश्वर को हुनुहुन्छ?

  • के परमेश्वर साँच्चै मेरो ख्याल राख्नुहुन्छ?

  • मेरो वैवाहिक जीवन कसरी अझै आनन्दित हुन सक्छ?

  • म कसरी आनन्दित हुन सक्छु?

हामीले सञ्चालन गर्ने बाइबल अध्ययनबारे अक्सर सोधिने केही प्रश्नका जवाफ तल दिइएका छन्‌:

बाइबल अध्ययन कसरी सञ्चालन गरिन्छ? हामी कुनै एउटा विषय रोज्छौं, जस्तै “परमेश्वर” वा “वैवाहिक जीवन।” अनि त्यस विषयसित सम्बन्धित थुप्रै बाइबल पदहरू केलाउँछौं। ती पदहरू तुलना गरेर हेरेपछि बाइबलले त्यस विषयमा के सिकाउँदो रहेछ भनेर थाह हुन्छ। यसरी हामी बाइबलको कुनै एउटा विषयलाई राम्रोसँग बुझ्न त्यसैसित सम्बन्धित अरू बाइबल पदहरू केलाउँछौं।

बाइबल अध्ययन गर्न सजिलो होस् भनेर हामी बाइबलले वास्तवमा के सिकाउँछ? किताब प्रयोग गर्छौं। यस किताबमा परमेश्वर, येशू र हाम्रो भविष्यजस्ता विषयलगायत अरू थुप्रै विषयबारे बाइबलले के सिकाउँछ भनेर स्पष्टसित बताइएको छ।

बाइबल अध्ययन गर्न पैसा तिर्नुपर्छ? पर्दैन। अध्ययन गरिने प्रकाशनहरूको पनि पैसा लिइँदैन।

अध्ययन कति लामो हुन्छ? थुप्रैले हामीसित बाइबल अध्ययन गर्न हप्ताको एक घण्टा जति समय निकाल्ने गर्छन्‌। तर यति नै हुनुपर्छ भन्ने नियम छैन। तपाईंको अवस्थाअनुसार अध्ययनको समय छाँटकाँट गर्न सकिन्छ।

मैले बाइबल अध्ययनको लागि अनुरोध गरेपछि के हुन्छ? तपाईंले बाइबल अध्ययनको लागि अनुरोध गरेपछि तपाईंलाई पायक पर्ने समयमा र पायक पर्ने ठाउँमा एक जना यहोवाको साक्षी तपाईंलाई भेट्न आउनेछन्‌। हामी कसरी बाइबल अध्ययन गराउँछौं भनेर तिनले तपाईंलाई केही मिनेटमै देखाउनेछन्‌। तपाईंलाई मनपऱ्यो भने त्यसरी नै अध्ययन गरिरहन सक्नुहुन्छ।

मैले बाइबल अध्ययनको प्रस्ताव स्वीकारें भने के म यहोवाको साक्षी बन्नै पर्छ? पर्दैन। यहोवाका साक्षीहरू अरूलाई बाइबलबारे सिकाउन पाउँदा औधी खुसी हुन्छन्‌ तर हामी अरूलाई कहिल्यै पनि हाम्रो धर्मको सदस्य बन्ने दबाब दिंदैनौं। बरु हामी बाइबलले के सिकाउँछ, त्यो मात्र बताउँछौं। कुनै कुरामा विश्वास गर्ने कि नगर्ने भनेर निर्णय गर्ने अधिकार सबैसित छ। त्यस्तो अधिकारको हामी कदर गर्छौं।१ पत्रुस ३:१५.

 

अझ बढी सिक्नुहोस्

भिडियो क्लिप: बाइबल किन पढ्‌नुपर्छ?

संसारका लाखौं मानिसले जीवनका यी महत्त्वपूर्ण प्रश्नहरूको जवाफ बाइबलबाट पाएका छन्‌। के तपाईं पनि यी प्रश्नहरूको जवाफ पाउन चाहनुहुन्छ?

बाइबल अध्ययन कसरी गरिन्छ?

संसारभरि नै यहोवाका साक्षीहरू निश्शुल्क बाइबल अध्ययन गराउने व्यक्तिहरू भनेर चिनिन्छन्‌। यो काम कसरी गरिन्छ, थाह पाउनुहोस्।

बाइबल अध्ययनको अनुरोध

आफूलाई पायक पर्ने समय र ठाउँमा बाइबलबारे निश्शुल्क सिक्नुहोस्।