अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाका साक्षीहरू पुरानो करारमा विश्वास गर्छन्‌?

यहोवाका साक्षीहरू पुरानो करारमा विश्वास गर्छन्‌?

हो, गर्छन्‌। सम्पूर्ण बाइबल नै “परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र यो . . . उपयोगी छ” भनेर यहोवाका साक्षीहरू विश्वास गर्छन्‌। (२ तिमोथी ३:१६) वास्तवमा पुरानो करार र नयाँ करार भनेर चिनिएको दुवै भाग मिलेर नै पूरा बाइबल बन्छ। यहोवाका साक्षीहरू बाइबलका यी दुई भागलाई हिब्रू धर्मशास्त्र र ख्रीष्टियन ग्रीक धर्मशास्त्र भन्ने गर्छन्‌। यस्तो शब्द प्रयोग गर्दा बाइबलको कुनै भागचाहिं पुरानो वा अहिले काम नलाग्ने खालको छ भनेर अरूलाई भान पर्दैन।

ख्रीष्टियनहरूलाई नयाँ करार र पुरानो करार दुवै किन चाहिन्छ?

परमेश्वरबाट प्रेरणा पाएर बाइबल लेखक पावलले यस्तो लेखे: “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌।” (रोमी १५:४) त्यसकारण हिब्रू धर्मशास्त्रमा पनि हाम्रो लागि महत्त्वपूर्ण जानकारीहरू छन्‌। त्यसमा हामीले पाठ सिक्न सक्ने ऐतिहासिक घटनाहरू र हाम्रो लागि उपयोगी सल्लाह पनि लेखिएको छ।

  • पाठमूलक ऐतिहासिक घटनाहरू: हिब्रू धर्मशास्त्रमा सृष्टिको र मानिसहरू पापमा फसेको विस्तृत विवरण लेखिएको छ। त्यस्तो जानकारी नभएको भए हामी यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाउन सक्ने थिएनौं। जस्तै: हामी कहाँबाट आयौं? हामी किन मर्छौं? (उत्पत्ति २:७; १७) त्यसबाहेक हामीजस्तै सुख-दुःख भोगेका मानिसहरूसित यहोवा परमेश्वरले कस्तो व्यवहार गर्नुभयो भनेर पनि हिब्रू धर्मशास्त्रमा लेखिएको छ।याकूब ५:१७.

  • उपयोगी सल्लाह: हिब्रू धर्मशास्त्रमा भएका हितोपदेश र उपदेशक नामका पुस्तकहरूले जुनै समयका मानिसहरूलाई पनि काम लाग्ने सल्लाह दिएको छ। ती पुस्तकहरूमा परिवार कसरी आनन्दित बनाउने (हितोपदेश १५:१७), कामलाई कत्तिको महत्त्व दिने (हितोपदेश १०:४; उपदेशक ४:६) र युवावस्थामा जीवनको पूरापूर फाइदा कसरी उठाउने (उपदेशक ११:९–१२:१) भन्ने विषयमा सल्लाह दिइएको छ।

त्यसबाहेक बाइबलको हिब्रू धर्मशास्त्रमा समावेश गरिएको पहिलो पाँच पुस्तकमा (तोरह) मोशाद्वारा लिखित नियमहरू पढेर पनि हामी लाभ उठाउन सक्छौं। हुन त ख्रीष्टियनहरूले ती नियमहरू पालन गर्नु पर्दैन तर त्यहाँ भएका अनमोल सिद्धान्तहरूले हाम्रो जीवन सुखी बनाउन मदत दिन्छ।लेवी १९:१८; व्यवस्था ६:५-७.