अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाका साक्षीहरू परिवार टुक्राउँछन्‌ कि बलियो बनाउँछन्‌?

यहोवाका साक्षीहरू परिवार टुक्राउँछन्‌ कि बलियो बनाउँछन्‌?

हामी यहोवाका साक्षीहरू आफ्नो र अरूको परिवार बलियो बनाउने प्रयास गर्छौं। हामी यहोवा परमेश्वरलाई परिवारको सुरुवातकर्ता मान्छौं। (उत्पत्ति २:२१-२४; एफिसी ३:१४, १५) त्यसैले उहाँको वचन बाइबलमा भएको सिद्धान्त लागू गरेर संसारभरिका थुप्रैले आफ्नो परिवार बलियो र आनन्दित बनाएका छन्‌।

यहोवाका साक्षीहरू कसरी परिवारलाई बलियो बनाउँछन्‌?

हामी बाइबलमा दिइएको सल्लाह पालन गर्न सक्दो गर्छौ। किनकि यसले हामीलाई असल पति, असल पत्नी अनि असल आमाबाबु बन्न मदत गर्छ। (हितोपदेश ३१:१०-३१; एफिसी ५:२२–६:४; १ तिमोथी ५:८) हामी बाइबलमा पाइने बुद्धिअनुसार चल्यौं भने बेग्लै धर्म मान्ने परिवारका सदस्यहरूसमेत आनन्दित हुन सक्छन्‌। (१ पत्रुस ३:१, २) आफ्नो श्रीमान्‌ वा श्रीमती यहोवाको साक्षी भएपछि केहीले कस्तो अनुभव गरे, विचार गर्नुहोस्:

  • “विवाह भएको ६ वर्षसम्म श्रीमतीसँग झगडा नभएको त दिनै थिएन। तर इभेट यहोवाको साक्षी भएपछि तिनी मायालु र सहनशील हुन थालिन्‌। यसले गर्दा हाम्रो वैवाहिक सम्बन्ध राम्रो हुन थाल्यो।”—क्लौर, ब्राजिल।

  • “मेरो श्रीमान्‌ चान्साले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेको मलाई पटक्कै मन परेको थिएन। किनभने यहोवाका साक्षीहरू परिवार भाँड्‌ने मान्छेहरू हुन्‌ जस्तो लाग्थ्यो। तर वास्तवमा बाइबलले हाम्रो परिवारलाई बलियो बनाएको छ।”—एग्नेस, जाम्बिया।

बाइबलमा पाइने बुद्धिअनुसार चल्दा निम्न कुराहरू गर्न मदत मिल्छ भनेर हामी मानिसहरूलाई बताउँछौं:

  • बुद्धिमानीपूर्वक जीवनसाथी छान्न

  • विवाहको पहिलो वर्ष सफलतापूर्वक पार गर्न

  • सासू-ससुरासित मिलेर बस्न

  • पैसाको सदुपयोग गर्न

  • भनाभन नगर्न

  • क्षमा दिन

  • छोराछोरीलाई प्रशिक्षण दिन

श्रीमान्‌ वा श्रीमती यहोवाको साक्षी बन्दा वैवाहिक सम्बन्धमा समस्या आउँछ?

कहिलेकाहीं आउन सक्छ। उदाहरणको लागि, सोफ्रेस भन्ने संस्थाले सन्‌ १९९८ मा निकालेको रिपोर्टअनुसार श्रीमान्‌ अथवा श्रीमती यहोवाको साक्षी बन्दा २० वटा परिवारमध्ये एउटा परिवारमा ठूलो समस्या आएको देखियो।

आफ्ना चेलाहरूलाई परिवारबाट विरोध आउनेछ भनेर येशूले पहिल्यै बताउनुभएको थियो। (मत्ती १०:३२-३६) इतिहासकार विल डुरान्टअनुसार रोमी साम्राज्यमा “ख्रीष्टियन धर्म मान्नेहरूलाई परिवार टुक्राउनेहरू भनेर आरोप लगाइन्थ्यो।” * अनि कतिपय यहोवाका साक्षीहरूलाई आज पनि यस्तै आरोप लगाइन्छ। के यसको अर्थ परिवारमा समस्या निम्त्याउने साक्षीहरू नै हुन्‌ त?

मानवअधिकारसम्बन्धी युरोपेली अदालत

यहोवाका साक्षीहरूलाई यस्तै एउटा आरोपमा मुद्दा हालिएको थियो। त्यस मुद्दाको सुनुवाइमा मानवअधिकारसम्बन्धी युरोपेली अदालतले बताएअनुसार प्रायजसो झगडा सुरु गर्नेहरू बेग्लै धर्म मान्ने परिवारका सदस्यहरू नै हुन्छन्‌। “तिनीहरू यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रता हनन गर्छन्‌।” अदालतले अझै यसो पनि भन्यो, “यहोवाका साक्षीहरूको मात्र होइन, श्रीमान्‌-श्रीमतीको धर्म बेग्लाबेग्लै हुने प्रायः परिवारको अवस्था यस्तै छ।” * धार्मिक स्वतन्त्रताको हनन हुँदासमेत यहोवाका साक्षीहरू बाइबलको यो सिद्धान्तअनुसार चल्न सक्दो गर्छन्‌, “कसैलाई खराबीको बदला खराबी नगर . . . सबै मानिससित शान्तिसित बस्न तिमीहरू सक्दो कोसिस गर।”रोमी १२:१७, १८.

यहोवाका साक्षीहरू किन आफ्नै धर्मका मानिसहरूसित मात्र विवाह गर्छन्‌?

यहोवाका साक्षीहरू “प्रभुको चेलासित मात्र” विवाह गर्नू अर्थात्‌ आफ्नै धर्म मान्ने व्यक्तिसित मात्र विवाह गर्नू भन्ने निर्देशन पालन गर्छन्‌। (१ कोरिन्थी ७:३९) बाइबलमा दिइएको यो आज्ञा व्यावहारिक छ। उदाहरणको लागि, सन्‌ २०१० को परिवारसम्बन्धी एउटा पत्रिकामा यसो भनिएको थियो, “श्रीमान्‌ र श्रीमतीको धर्म एउटै छ भने” तिनीहरूको सम्बन्ध राम्रो हुने सम्भावना पनि धेरै हुन्छ।  *

तर यहोवाका साक्षीहरू बेग्लै धर्म मान्ने आफ्नो श्रीमान्‌ वा श्रीमतीसित छुट्टिएर बस्दैनन्‌। बाइबल यसो भन्छ, “यदि कुनै भाइकी पत्नीको बेग्लै आस्था छ र ऊ आफ्नो पतिसित बस्न राजी छे भने उसले उनलाई नत्यागोस्। अनि कुनै स्त्रीको बेग्लै आस्था भएको पति छ र ऊ आफ्नी पत्नीसित बस्न राजी छ भने उनले आफ्नो पतिलाई नत्यागोस्।” (१ कोरिन्थी ७:१२, १३) यहोवाका साक्षीहरू यो आज्ञा पालन गर्छन्‌।

^ अनु. 17 Caesar and Christ, page 647.

^ अनु. 18 मस्कोका यहोवाका साक्षीहरू र अरूविरुद्ध रसिया-को मुद्दामा सुनाइएको फैसला, पृष्ठ २६-२७, अनुच्छेद १११।

^ अनु. 20 Journal of Marriage and Family, Volume 72, Number 4, (August 2010), page 963.

अझ बढी सिक्नुहोस्

तपाईंको परिवार कसरी आनन्दित हुन सक्छ?

आनन्दित परमेश्वर यहोवा परिवारहरू आनन्दित भएको चाहनुहुन्छ। पति, पत्नी, बुबाआमा र छोराछोरीको लागि बाइबलले कस्तो व्यावहारिक सल्लाह दिएको छ, थाह पाउनुहोस्।