सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाका साक्षीहरूको परिचालक निकाय भनेको के हो?

यहोवाका साक्षीहरूको परिचालक निकाय भनेको के हो?

परिचालक निकाय भनेको परिपक्व ख्रीष्टियनहरूको एउटा सानो समूह हो जसले विश्वभरिका यहोवाका साक्षीहरूलाई निर्देशन दिन्छ। तिनीहरूले यी दुई वटा काम गर्छन्‌:

  • तिनीहरूले यहोवाका साक्षीहरूको प्रकाशन, सभा तथा स्कुलहरूमार्फत दिइने बाइबलआधारित निर्देशन तयारी गर्ने कामको निरीक्षण गर्छन्‌।लूका १२:४२.

  • प्रचारकार्यको नेतृत्व लिएर र प्राप्त भएका अनुदानहरू के-कसरी प्रयोग गर्ने भन्ने कुराको निरीक्षण गरेर तिनीहरू यहोवाका साक्षीहरूको विश्वव्यापी कामको रेखदेख गर्छन्‌।

प्रथम शताब्दीमा “यरूशलेममा भएका प्रेषित र एल्डरहरू”-ले सम्पूर्ण मण्डलीको लागि महत्त्वपूर्ण निर्णय गर्थे, आज परिचालक निकायले त्यही नमुना पछ्याउँछ। (प्रेषित १५:२) ती वफादार पुरुषहरू नेता नभएजस्तै परिचालक निकायका सदस्यहरू पनि हाम्रो सङ्‌गठनको नेता होइनन्‌। यहोवा परमेश्वरले येशू ख्रीष्टलाई मण्डलीको शिरको रूपमा नियुक्त गर्नुभएको छ भन्ने कुरा स्वीकार्दै तिनीहरू डोऱ्याइको लागि बाइबलमा भर पर्छन्‌।१ कोरिन्थी ११:३; एफिसी ५:२३.

परिचालक निकायका सदस्यहरू को-को हुन्‌?

अप्रिल २०१५ सम्ममा परिचालक निकायका सदस्यहरू यसप्रकार छन्‌: एन्थोनी मोरिस् तृतीय, गेरिट लोश, जेफ्री ज्याक्सन, डेभिड स्प्लेन, मार्क स्यान्डर्सन, स्टिफन लेट्‌ र स्यामूएल हर्ड। तिनीहरू अमेरिकाको न्यु योर्कस्थित ब्रूक्लिनमा भएको हाम्रो मुख्यालयमा सेवा गर्छन्‌।

परिचालक निकायको संरचना कस्तो छ?

परिचालक निकायले हाम्रो कामको विभिन्न पक्षको निरीक्षण गर्न छ वटा समिति गठन गरेको छ; प्रत्येक सदस्यले एक वा सोभन्दा धेरै समितिमा सेवा गर्छन्‌।

  • प्रकाशन समिति: बाइबलआधारित प्रकाशनको उत्पादन र ढुवानीसित सम्बन्धित कामको सुपरिवेक्षण गर्छ अनि सभा गर्ने भवन, अनुवाद कार्यालय र शाखा कार्यालयको निर्माणसम्बन्धी गतिविधिको निरीक्षण गर्छ।

  • लेखन समिति: छापिएका प्रकाशनहरू र हाम्रो वेबसाइटमार्फत आध्यात्मिक भोजन दिने कामको निरीक्षण गर्छ र अनुवादसम्बन्धी कामको रेखदेख गर्छ।

  • शिक्षण समिति: सभा, स्कुल तथा अडियो-भिडियोमार्फत आध्यात्मिक भोजन दिने कामको सुपरिवेक्षण गर्छ।

  • सदस्य समिति: बेथेल सेवकहरू नियुक्त गर्ने र उनीहरूको आवश्यकता हेरविचार गर्ने कामको निरीक्षण गर्छ।

  • संयोजन समिति: कानुनी मामिलाहरूको सुपरिवेक्षण गर्छ र यहोवाका साक्षीहरूले आपत्‌कालीन तथा खतरनाक परिस्थिति सामना गर्नुपर्दा र आफ्नो धार्मिक विश्वासको कारण सतावट भोग्नुपर्दा आवश्यक मदत दिन्छ।

  • सेवा समिति: ‘राज्यको सुसमाचार’ प्रचार गर्ने कामको हेरविचार गर्छ।मत्ती २४:१४.

परिचालक निकायले यी समितिहरूमार्फत आफ्नो काम पूरा गर्छ। तर त्यसको साथसाथै सङ्‌गठनको आवश्यकताबारे छलफल गर्न प्रत्येक हप्ता परिचालक निकायको बैठक बस्छ। यी बैठकहरूमा परिचालक निकायका सदस्यहरू धर्मशास्त्रले के भन्छ भनेर छलफल गर्छन्‌ र परमेश्वरको पवित्र शक्तिको डोऱ्याइअनुसार चलेर सर्वसम्मतिमा पुग्ने प्रयास गर्छन्‌।प्रेषित १५:२५.

परिचालक निकायका सहयोगीहरू को हुन्‌?

यिनीहरू परिचालक निकायका समितिहरूलाई मदत गर्ने भरोसायोग्य ख्रीष्टियनहरू हुन्‌। (१ कोरिन्थी ४:२) यिनीहरू आफूलाई खटाइएको समितिमा काम गर्न सक्षम र अनुभवी हुन्छन्‌ र यिनीहरू पनि प्रत्येक हप्ता हुने बैठकमा बस्छन्‌। हुन त यिनीहरू निर्णय गर्ने काममा भाग लिंदैनन्‌ तर यी सहयोगीहरू उपयोगी सुझाव र आवश्यक जानकारी दिन्छन्‌, समितिले गरेको निर्णय लागू गर्छन्‌ र ती निर्णयको नतिजा कस्तो भयो भनेर नियमित रूपमा जाँच्छन्‌। परिचालक निकायले यिनीहरूलाई विश्वका हाम्रा दाजुभाइ दिदीबहिनीकहाँ भ्रमण गर्न पठाउँछ र वार्षिक सभा वा गिलियडको दीक्षान्त समारोहमा भाषण दिने जिम्मा पनि सुम्पन सक्छ।

सहयोगीहरूको सूची

समिति

नाम

प्रकाशन

  • एलिक्स रिनमुलर

  • डन एडम्स

  • डनल्ड गोर्डन

  • डेभिड सिनक्ल्येर

  • रोबर्ट बट्‌लर

  • रोबर्ट लुसिओनी

  • हारोल्ड कोर्करन

 

लेखन

  • इजाक मरा

  • गेन स्माले

  • जेम्स मान्ट्स

  • जोन विसचक

  • रोबर्ट सिरान्को

 

शिक्षण

  • केनिथ फ्लोडिन

  • डेभिड साफ्यर

  • मार्क न्युमार

  • रनल्ड कर्जन

  • विलियम मालनफन्ट

 

सदस्य

  • जेरल्ड ग्रिजल

  • ड्‌यानियल मोल्चन

  • पाट्रिक लाफ्रांक

  • राल्फ वाल्स

 

संयोजन

  • जोन एकरन

  • रोबर्ट वालेन

 

सेवा

  • क्रिस्टोफर मेभर

  • ग्यारी ब्रो

  • जोयल डेलिङ्‌गर

  • बाल्तासार पर्ला, जुनियर

  • रोबर्ट वालेन

  • लियन विभर, जुनियर

  • विलियम टर्नर, जुनियर

  • सेथ हायात

 

अझ बढी सिक्नुहोस्

परमेश्वरबाट आएको सुसमाचार!

किन परमेश्वरको सङ्गठन छ?

साँचो ख्रीष्टियनहरू किन र कसरी सङ्गठित छन्‌ भनेर बाइबलले बताउँछ।

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?

अहिले यहोवाका साक्षीहरूको परिचालक निकायले कसरी काम गर्छ?

प्रथम शताब्दीमा एल्डरहरू अनि प्रेषितहरूको सानो समूहले ख्रीष्टियान मण्डलीको लागि परिचालक निकायको रूपमा काम गर्थ्यो। आज नि?

अक्सर सोधिने प्रश्नहरू

के यहोवाका साक्षीहरूमाझ तलब लिएर सिकाउने पादरीहरू छन्‌?

के तपाईंहरूमाझ पादरीवर्ग र सर्वसाधारणवर्ग भनेर छुट्टयाउने चलन छ? नियुक्त सेवकको रूपमा कसले सेवा गर्छन्‌?