सीधै सामग्रीमा जाने

स्वर्ग के हो?

स्वर्ग के हो?

बाइबलको जवाफ

 बाइबलमा “स्वर्ग” भन्‍ने शब्दले मुख्यतः तीनवटा कुरालाई बुझाउँछ। ती हुन्‌: (१) आकाश; (२) स्वर्ग र (३) सर्वोच्च ओहदाको प्रतीक। यसको प्रसङ्‌गलाई विचार गऱ्‍यौं भने स्वर्गबारे सही कुरा बुझ्न सक्नेछौं। a

  1.  १. आकाश। यहाँ बताइएको “स्वर्ग” अर्थात्‌ आकाशले पृथ्वीको वायुमण्डललाई बुझाउँछ, जहाँ बतास चल्छ, चराचुरुङ्‌गी उड्‌छन्‌, वृष्टि र हिउँ झर्छ अनि बिजुली चम्कन्छ। (भजन ७८:२६; हितोपदेश ३०:१९; यशैया ५५:१०; लूका १७:२४) साथै यसले अन्तरिक्षलाई पनि बुझाउँछ, जहाँ “घाम, जून, तारा र ग्रह-नक्षत्र” छन्‌।—व्यवस्था ४:१९; उत्पत्ति १:१.

  2.  २. स्वर्ग। “स्वर्ग भन्‍ने शब्दले ब्रह्‍माण्ड बाहिरको उच्च स्थानलाई पनि बुझाउँछ। (१ राजा ८:२७; यूहन्‍ना ६:३८) त्यहाँ यहोवा परमेश्‍वर साथै उहाँले सृष्टि गर्नुभएका अदृश्‍य प्राणीहरू बस्छन्‌। (मत्ती २४:३६) कहिलेकाहीं “पवित्र जनहरू” अर्थात्‌ विश्‍वासी स्वर्गदूतहरूलाई सङ्‌केत गर्न पनि “स्वर्ग” शब्द प्रयोग गरिएको छ।—भजन ८९:५-७ NRV.

     यसको साथसाथै “स्वर्ग” शब्दले यहोवाको “बासस्थान”-लाई पनि बुझाउँछ। (१ राजा ८:४३, ४९; हिब्रू ९:२४; प्रकाश १३:६) उदाहरणको लागि, सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई स्वर्गबाट फ्याँकिनेछ भनेर भविष्यवाणी गरिएको थियो। यो भविष्यवाणी पूरा भएपछि दुष्ट स्वर्गदूतहरू अदृश्‍य प्राणी भए तापनि तिनीहरूले यहोवाको बासस्थान अर्थात्‌ स्वर्गमा प्रवेश गर्न पाएनन्‌।—प्रकाश १२:७-९, १२.

  3.  ३. सर्वोच्च ओहदाको प्रतीक। सर्वोच्च ओहदा वा शासन वा शासकलाई बुझाउनको लागि पनि बाइबलमा “स्वर्ग” शब्द प्रयोग गरिएको छ, जस्तै:

स्वर्ग कस्तो छ?

 स्वर्गमा अनगिन्ती गतिविधि हुन्छ। त्यहाँ लाखौं अदृश्‍य प्राणीहरू बस्छन्‌ जसले “[यहोवाको] वचन शिरोपर गर्दछन्‌।”—भजन १०३:२०, २१; दानियल ७:१०.

 स्वर्गमा चारैतिर उज्यालो छ भनेर बाइबलमा व्याख्या गरिएको छ। (१ तिमोथी ६:१५, १६) भविष्यवक्‍ता इजकिएलले देखेको स्वर्गको दर्शनमा “चारैतिर उज्यालो” थियो। अनि दानियलले देखेको स्वर्गको दर्शनमा चाहिं “दन्केको आगो” थियो। (इजकिएल १:२६-२८; दानियल ७:९, १०) स्वर्ग पवित्र, सफा र सुन्दर छ।—भजन ९६:६; यशैया ६३:१५; प्रकाश ४:२, ३.

 बाइबलले स्वर्गबारे बताएका कुराहरू अद्‌भुत भएकोले हाम्रो मनमा श्रद्धेय भाव जाग्छ। (इजकिएल ४३:२, ३) तैपनि स्वर्गको कुरा हाम्रो चेतनाभन्दा बाहिर भएकोले हामी त्यस विषयमा सबै कुरा बुझ्न सक्दैनौं।

a “स्वर्ग” भनी अनुवाद गरिएको शब्द “उच्च” अर्थ लाग्ने हिब्रू शब्दबाट लिइएको हो। (हितोपदेश २५:३ NRV)

b यशैया ६५:१७ मा बताइएको नयाँ आकाशले “नयाँ सरकार, नयाँ राज्य”-लाई बुझाउँछ भनेर म्याकक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया व्याख्या गर्छ।—खण्ड ४, पृष्ठ १२२।