बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

के बाइबलले मेरो परिवार सुखी बनाउन मदत गर्न सक्छ?

नेपाली
के बाइबलले मेरो परिवार सुखी बनाउन मदत गर्न सक्छ?
https://cms-imgp.jw-cdn.org/img/p/502013273/univ/art/502013273_univ_sqr_xl.jpg
ijwbq लेख ५१

के बाइबलले मेरो परिवार सुखी बनाउन मदत गर्न सक्छ?

के बाइबलले मेरो परिवार सुखी बनाउन मदत गर्न सक्छ?

बाइबलको जवाफ

 सक्छ। परिवार सुखी बनाउन थुप्रैलाई मदत दिएको बाइबलका केही राम्रा सल्लाह तल दिइएका छन्‌:

  1.   विवाह दर्ता गर्नुहोस्‌। कानुनी तवरमा दर्ता गरिएको विवाह एउटा स्थायी बन्धन हुने भएकोले यसले परिवारलाई सुखी बनाउन मदत गर्छ।—मत्ती १९:४-६.

  2.   प्रेम र आदर देखाउनुहोस्‌। आफ्नो पति वा पत्नीले आफूलाई जस्तो व्यवहार गरोस्‌ भन्‍ने चाहनुहुन्छ तपाईंले पनि तिनलाई त्यस्तै व्यवहार गर्नु आवश्‍यक छ।—मत्ती ७:१२; एफिसी ५:२५, ३३.

  3.   चित्त दुख्ने बोली नबोल्नुहोस्‌। तपाईंको पति वा पत्नीले चित्त दुख्ने कुरा बोल्यो वा गऱ्‍यो भने पनि दयालु भई बोल्नुहोस्‌। (एफिसी ४:३१, ३२) हितोपदेश १५:१ मा बाइबल यसो भन्छ, “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रिस उठाउँछ।”

  4.   एकअर्काप्रति वफादार हुनुहोस्‌। आफ्नो पति वा पत्नीबाहेक अरूसँग रोमान्टिक सम्बन्ध नराख्नुहोस्‌। (मत्ती ५:२८) बाइबल भन्छ, “तिमीहरूको विवाह सबै मानिसहरूसामु आदरणीय होस्‌, तिमीहरूको वैवाहिक सम्बन्ध नबिटुलिओस्‌।”—हिब्रू १३:४.

  5.   छोराछोरीलाई मायालुपूर्वक सिकाउनुहोस्‌। छोराछोरीलाई अनुशासन दिन हेलचेक्य्राइँ नगर्नुहोस्‌ तर ज्यादै कठोर पनि नहुनुहोस्‌।—हितोपदेश २९:१५; कलस्सी ३:२१.