बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

के बाइबलले सम्बन्धविच्छेद गर्ने अनुमति दिन्छ?

नेपाली
के बाइबलले सम्बन्धविच्छेद गर्ने अनुमति दिन्छ?
https://cms-imgp.jw-cdn.org/img/p/502012499/univ/art/502012499_univ_sqr_xl.jpg
ijwbq लेख १७

के बाइबलले सम्बन्धविच्छेद गर्ने अनुमति दिन्छ?

के बाइबलले सम्बन्धविच्छेद गर्ने अनुमति दिन्छ?

बाइबलको जवाफ

 बाइबलले सम्बन्धविच्छेद गर्ने अनुमति दिन्छ। तर वैवाहिक बन्धन तोड्‌न सकिने एक मात्र आधारबारे येसुले भन्‍नुभयो: “जसले अवैध यौनसम्बन्धबाहेक [आफ्नो विवाहित जोडीबाहेक अरूसँगको यौनसम्बन्ध] अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ।”—मत्ति १९:९.

 आफ्नो जोडीलाई धोका दिने उद्देश्‍यले गरिएको सम्बन्धविच्छेदलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। विनाकारण आफ्नो पति वा पत्नीलाई त्याग्ने व्यक्‍तिलाई परमेश्‍वरले नै न्याय गर्नुहुनेछ, अझ विशेषगरि अर्को पुरुष वा स्त्रीसित विवाह गर्न आफ्नो जोडी त्याग्नेहरूलाई।—मलाकि २:१३-१६; मर्कुस १०:९.