बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

मृत्युको डर​—तपाईँ कसरी यसलाई जित्‌न सक्नुहुन्छ?

नेपाली
मृत्युको डर​—तपाईँ कसरी यसलाई जित्‌न सक्नुहुन्छ?
https://cms-imgp.jw-cdn.org/img/p/502013292/univ/art/502013292_univ_sqr_xl.jpg
ijwbq लेख ६०

मृत्युको डर​—तपाईँ कसरी यसलाई जित्‌न सक्नुहुन्छ?

मृत्युको डर​—तपाईँ कसरी यसलाई जित्‌न सक्नुहुन्छ?

बाइबलको जवाफ

 हामी मृत्यु देखि डराउँछौँ र यसलाई शत्रु ठान्छौँ। (१ कोरिन्थी १५:२६) साथै आफ्नो जीवन जोगाउनको लागि आवश्‍यक कदम चाल्छौँ। तथापि, झूटा कुराहरू वा अन्धविश्‍वासले फैलाएको मृत्युको अनावश्‍यक डरले गर्दा मनिसहरू “जीवनभरि दासत्वमा परेका” छन्‌। (हिब्रू २:१५) तर मृत्युबारे सत्य कुरा थाह पाउनुभयो भने यसले तपाईँको आनन्द खोस्न सक्ने अनावश्‍यक डरबाट तपाईँलाई छुटकारा दिनेछ।​—युहन्‍ना ८:३२.

मृत्युबारे सत्य कुरा

  •   मरिसकेकाहरू अचेत अवस्थामा हुन्छन्‌। (भजन १४६:४) मरिसकेपछि पीडा भोग्नुपर्नेछ भनेर तपाईँ डराउनु पर्दैन, किनभने बाइबलमा मृत्युलाई निद्रासित तुलना गरिएको छ।​—भजन १३:३; युहन्‍ना ११:११-१४.

  •   मरिसकेकाहरूले हामीलाई हानि पुऱ्‍याउन सक्दैनन्‌। हाम्रा हिंस्रक शत्रुहरू समेत मृत्युपछि “शक्‍तिहीन” हुन्छन्‌। (यसैया २६:१४) बाइबल भन्छ, “तिनीहरूको . . . घृणा र ईर्ष्या सबै तिनीहरूसँगसँगै बिलाउँछ।”​—उपदेशक ९:६.

  •   मरिसकेकाहरूको लागि पनि आशा छ। त्यसैले मृत्यु सबै कुराको अन्त भने होइन। परमेश्‍वरले मरेका मानिसहरूलाई फेरि जीवित पार्नु हुनेछ।​—युहन्‍ना ५:२८, २९; प्रेषित २४:१५.

  •    परमेश्‍वरले यस्तो समयबारे प्रतिज्ञा गर्नुभएको छ, जब “मृत्यु हुनेछैन।” (प्रकाश २१:४) बाइबलले मृत्युको डरबाट पूरै मुक्‍त हुने त्यस समयबारे यसो भन्छ: “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”—भजन ३७:२९.