बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

के बाइबल मानिसको विचारले भरिएको किताब हो?

नेपाली
के बाइबल मानिसको विचारले भरिएको किताब हो?
https://cms-imgp.jw-cdn.org/img/p/502012481/univ/art/502012481_univ_sqr_xl.jpg
ijwbq लेख १

के बाइबल मानिसको विचारले भरिएको किताब हो?

के बाइबल मानिसको विचारले भरिएको किताब हो?

बाइबलको जवाफ

 बाइबल अर्थात्‌ पवित्र धर्मशास्त्रमा थुप्रै राम्रा सल्लाहहरू पाइन्छन्‌। तर बाइबलले यसको स्रोतबारे के बताएको छ, विचार गर्नुहोस्‌: “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो।” (२ तिमोथी ३:१६) यो कुरालाई पुष्टि गर्ने थुप्रै प्रमाण छन्‌। तीमध्ये केही विचार गर्नुहोस्‌:

  •   बाइबलमा दिइएको ऐतिहासिक विवरणहरू सबै सही साबित भएका छन्‌।

  •   बाइबलका लेखकहरू इमानदार थिए। तिनीहरूले कुनै पनि कुरा नलुकाई लेखे। तिनीहरूको यस्तो इमानदारीले बाइबलमा लेखिएका कुराहरू सत्य हुन्‌ भनेर पुष्टि गर्छ।

  •   बाइबलको मुख्य विषय भनेको परमेश्‍वरको सार्वभौमिकता उच्च पारिनेछ र स्वर्गीय सरकारद्वारा उहाँको सबै उद्देश्‍य पूरा हुनेछ भन्‍ने हो।

  •   बाइबलमा दिइएका वैज्ञानिक जानकारीहरू हजारौं वर्ष अगाडि लेखिएको भए तापनि सही छन्‌। जबकि त्यो समयमा गलत वैज्ञानिक धारणाहरू व्याप्त थिए।

  •   बाइबलका भविष्यवाणीहरू वा यसमा दिइएका पूर्वानुमानहरू सही भएको कुरा ऐतिहासिक विवरण केलाउँदा थाह पाउन सकिन्छ।