बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

के बाइबलले पृथ्वी चेप्टो छ भनेर सिकाउँछ?

नेपाली
के बाइबलले पृथ्वी चेप्टो छ भनेर सिकाउँछ?
https://cms-imgp.jw-cdn.org/img/p/502018142/univ/art/502018142_univ_sqr_xl.jpg
ijwbq लेख १५४

के बाइबलले पृथ्वी चेप्टो छ भनेर सिकाउँछ?

के बाइबलले पृथ्वी चेप्टो छ भनेर सिकाउँछ?

बाइबलको जवाफ

 अहँ, बाइबलले पृथ्वी चेप्टो छ भनेर सिकाउँदैन। a बाइबल विज्ञानको विषयमा सिकाउने किताब नभए तापनि यसमा लेखिएको कुनै पनि कुरा प्रमाणित विज्ञानसित बाझिँदैन। बाइबलमा लेखिएको कुरा “सधैँ भरपर्दा छन्‌, अहिले र सदासर्वदा।”​—भजन १११:८.

 बाइबलले “पृथ्वीको चारै कुना” भनेर केलाई सङ्‌केत गरेको हो?

 बाइबलमा चलाइएको “पृथ्वीको चारै कुना” र “पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म” भन्‍ने अभिव्यक्‍तिलाई हामीले शाब्दिक अर्थमा लिन मिल्दैन। (यसैया ११:१२; अय्युब ३७:३) यसले पृथ्वी वर्गाकार छ वा यसको एउटा छेउ र अर्को छेउ छ भन्‍न खोजेको होइन। बरु यी शब्दहरू पूरै पृथ्वीलाई बुझाउन अलङ्‌कारको रूपमा प्रयोग भएका हुन सक्छन्‌। बाइबलले पूर्व, पश्‍चिम, उत्तर र दक्षिणलाई पनि यस्तै अर्थमा प्रयोग गरेको छ।​—लुका १३:२९.

 “कुना” वा “छेउ” भनेर अनुवाद गरिएका हिब्रू शब्दहरू “पखेटा” शब्दमा आधारित अलङ्‌कार हो जस्तो देखिन्छ। दी इन्टरनेसनल स्टाण्डर्ड बाइबल इन्साइक्लोपीडिया-अनुसार “चराले आफ्नो पखेटाले बचेराहरूलाई छोपेझैँ [यो हिब्रू शब्दले] कुनै फैलिएको कुराको अन्तिम छेउलाई बुझाउँछ।” सोही स्रोत-सामग्रीअनुसार अय्युब ३७:३ र यसैया ११:१२ मा प्रयोग भएका “यी शब्दहरूले पृथ्वीको सतहको किनारा, सिमाना वा सबैभन्दा पल्लो छेउलाई बुझाउँछ।” b

 सैतानले येसुलाई देखाएको प्रलोभनबारे के भन्‍न सकिन्छ?

 येसुलाई प्रलोभनमा पार्ने कोसिस गर्न “दियाबलले उहाँलाई असाध्यै अग्लो डाँडामा लग्यो अनि संसारका सबै राज्य र त्यसको महिमा देखायो।” (मत्ति ४:८) कसै-कसैले दाबी गरेअनुसार चेप्टो पृथ्वीको कुनै एउटा ठाउँबाट सारा संसार देख्न सकिन्छ भनी यस बाइबल विवरणले सिकाउँछ। तर यस विवरणमा उल्लेख गरिएको “असाध्यै अग्लो डाँडा” साँच्चैको कुनै ठाउँ नभई एउटा रूपक मात्र हो जस्तो देखिन्छ। यस्तो निष्कर्षमा पुग्नु किन व्यावहारिक छ, विचार गर्नुहोस्‌।

  •   पृथ्वीमा संसारका सबै राज्य देख्न सकिने डाँडा कुनै पनि छैन।

  •   दियाबलले येसुलाई सबै राज्य मात्र होइन तर “त्यसको महिमा” पनि देखायो। टाढाबाट यी सबै कुरा देख्न सकिँदैन। त्यसैले दियाबलले येसुलाई दर्शनद्वारा यी सबै कुरा देखायो जस्तो देखिन्छ। यसलाई कुनै व्यक्‍तिले पृथ्वीको विभिन्‍न ठाउँको तस्बिर देखाउन प्रोजेक्टर र पर्दा प्रयोग गर्नुसित तुलना गर्न सकिन्छ।

  •   लुका ४:५ को समानान्तर विवरणमा दियाबलले येसुलाई “छिनभरमै संसारका सबै राज्य देखायो” भनिएको छ। यो कुरा मानिसको आँखाद्वारा सम्भव छैन। येसुलाई प्रलोभनमा पार्न दियाबलले साँच्चैको मानव दृष्टि नभई अरू नै माध्यम प्रयोग गऱ्‍यो भनेर यसले देखाउँछ।

a बाइबलले परमेश्‍वर “पृथ्वीको घेराभन्दा माथि विराजमान हुनुहुन्छ” भनेर बताउँछ। (यसैया ४०:२२) यहाँ “घेरा” भनेर अनुवाद गरिएको शब्दले गोलो भन्‍ने अर्थ दिन सक्छ भनी कुनै-कुनै स्रोत-सामग्रीमा बताइएको छ। तर सबै शास्त्रविद्‌ यस कुरामा सहमत छैनन्‌। कुरा जे भए पनि बाइबलले पृथ्वी चेप्टो छ भन्‍ने विचारधारालाई समर्थन गर्दैन।

b संशोधित संस्करण, खण्ड २, पृष्ठ ४।