बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

के येसु सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ?

नेपाली
के येसु सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ?
https://cms-imgp.jw-cdn.org/img/p/502012496/univ/art/502012496_univ_sqr_xl.jpg
ijwbq लेख १५

के येसु सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ?

के येसु सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ?

बाइबलको जवाफ

 येसुले आफूलाई परमेश्‍वर बराबर बनाउनुभयो भनेर येसुका शत्रुहरूले आरोप लगाए। (यूहन्‍ना ५:१८; १०:३०-३३) वास्तवमा येसुले कहिल्यै पनि आफूलाई परमेश्‍वर बराबर सम्झनुभएन। बरु उहाँले यसो भन्‍नुभएको थियो, “मभन्दा बुबा महान्‌ हुनुहुन्छ।”—यूहन्‍ना १४:२८.

 येसुका चेलाहरूले पनि उहाँलाई परमेश्‍वर बराबर सम्झेनन्‌। उदाहरणको लागि, येसु पुनर्जीवित हुनुभएपछि प्रेषित पावलले यसो भने, “परमेश्‍वरले उहाँलाई [येसुलाई] अझ उच्च पद दिनुभयो।” यसबाट पावलले येसु सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गरेनन्‌ भन्‍ने कुरा स्पष्ट छ। यदि येसु परमेश्‍वर हुनुभएको भए परमेश्‍वरले उहाँलाई कसरी उच्च पद दिन सक्नुहुन्थ्यो र?—फिलिप्पी २:९.