अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

संसारको अन्त कहिले हुन्छ?

संसारको अन्त कहिले हुन्छ?

बाइबलको जवाफ

यस संसारको अन्त कहिले हुन्छ भनेर बुझ्न पहिले “संसार” भन्ने शब्दलाई बाइबलमा कसरी चलाइएको छ, त्यो बुझ्नुपर्छ। ग्रीक शब्द कोसमोस-लाई प्रायजसो “संसार” भनेर अनुवाद गर्ने गरिन्छ। कोसमोस-ले प्रायजसो परमेश्वरको स्तरबमोजिम जीवन नबिताउने मानिसहरूलाई बुझाउँछ। (यूहन्ना १५:१८, १९; २ पत्रुस २:५) कहिलेकाहीं भने मानव समाजलाई पनि बुझाउँछ।१ कोरिन्थी ७:३१; १ यूहन्ना २:१५, १६. *

“संसारको अन्त” के हो?

“संसारको अन्त” भन्ने वाक्यांशलाई कुनै-कुनै बाइबलले “यस युगको आखिरी समय” वा “यस युगका अन्त्य” भनेर पनि अनुवाद गरेको छ। (मत्ती २४:३; नयाँ संशोधित संस्करण) यसले पूरै पृथ्वी नष्ट हुने वा सबै मानिस नाश हुने कुरालाई बुझाउँदैन तर मानव समाज नाश हुने कुरालाई बुझाउँछ।१ यूहन्ना २:१७.

बाइबलले “कुकर्मीहरू नष्ट हुनेछन्‌” र असल मानिसहरू पृथ्वीमा आनन्दित भएर बस्नेछन्‌ भनेर बताएको छ। (भजन ३७:९-११) कुकर्मीहरू ‘महासङ्‌कष्टको’ अन्तमा अर्थात्‌ ‘हार-मागेडोनको’ युद्धमा नाश हुनेछन्‌।मत्ती २४:२१, २२; प्रकाश १६:१४, १६.

संसारको अन्त कहिले हुन्छ?

येशूले यसो भन्नुभयो: “त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र।” (मत्ती २४:३६, ४२) अनि अन्तको समयबारे उहाँले अझै यसो भन्नुभयो: “तिमीहरूले नचिताएको समयमा” यो आउनेछ।मत्ती २४:४४

हामीलाई अन्त ठ्‌याक्क कुन दिन र कुन बेला आउँछ भनेर थाह छैन। तर संसारको अन्त हुनुअघि कस्तो “चिन्ह” अर्थात्‌ कस्ता घटनाहरू हुनेछन्‌ भनेर येशूले बताउनुभयो। (मत्ती २४:३, ७-१४) ती घटनाहरू हुने समयलाई बाइबलमा “अन्तको समय” र “अन्तको दिन” भनिएको छ।दानियल १२:४; २ तिमोथी ३:१-५.

संसारको अन्त भइसकेपछि केही कुरा बाँकी रहनेछ?

छ। पृथ्वी यहीं रहनेछ। किनभने बाइबलले यसो भनेको छ: ‘त्यो कहिल्यै नडग्मगाओस् भनेर उहाँले पृथ्वीको जग बसाल्नुभयो।’ (भजन १०४:५) अनि पृथ्वीमा मानिसहरू पनि हुनेछन्‌। यसबारे बाइबलले यसो भनेको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) परमेश्वरले सुरुमा जस्तो उद्देश्य राख्नुभएको थियो, पृथ्वीमा त्यस्तै अवस्था हुनेछ:

  • पृथ्वी सुन्दर बगैंचा हुनेछ।यशैया ३५:१; लूका २३:४३.

  • पृथ्वीमा सुरक्षा र समृद्धि हुनेछ।मीका ४:४.

  • सबै मानिसले अर्थपूर्ण काम गर्नेछन्‌ र सन्तुष्ट हुनेछन्‌।यशैया ६५:२१-२३.

  • मानिसहरू बिरामी र वृद्ध हुनेछैनन्‌।अय्यूब ३३:२५; यशैया ३३:२४.

^ अनु. 3 ग्रीक शब्द इयन-लाई पनि कुनै-कुनै बाइबलमा “संसार” भनेर अनुवाद गरिएको छ। त्यसरी अनुवाद गरिएको ठाउँमा इयन शब्दको अर्थ पनि कोसमोस शब्दको अर्थ जस्तै मानव समाज भन्ने हुन्छ।

अझ बढी सिक्नुहोस्

भविष्यवाणी भनेको के हो?

परमेश्वरबाट प्रेरणा भएको जुनसुकै सन्देशले के भविष्यबारे मात्रै बताउँछ? बताउँदैन।