सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

येशूको बलिदान कसरी “धेरैको निम्ति फिरौती” हो?

येशूको बलिदान कसरी “धेरैको निम्ति फिरौती” हो?

बाइबलको जवाफ

पाप र मृत्युबाट छुटकारा पाउन येशूको बलिदान आवश्यक थियो। बाइबलअनुसार येशूले बगाउनुभएको रगत नै पाप र मृत्युबाट छुटाउन दिइएको फिरौती हो। (एफिसी १:७; १ पत्रुस १:१८, १९) येशू “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन” आउनुभयो।मत्ती २०:२८.

“धेरैको निम्ति फिरौती” किन आवश्यक थियो?

परमेश्वरले पहिलो मानिस आदमलाई त्रुटिरहित सृष्टि गर्नुभएको थियो। तर पछि तिनले परमेश्वरको आज्ञा उल्लङ्‌घन गरेर पाप गरे अनि पृथ्वीमा सधैंभरि बाँच्ने आशा गुमाए। (उत्पत्ति ३:१७-१९) तिनी पापी भएकाले तिनका सबै सन्तान पापी भए। (रोमी ५:१२) त्यसैले बाइबलमा आदमले आफूलाई र आफ्ना सन्तानलाई पाप र मृत्युको दासत्वमा ‘बेचे’ भनिएको छ। (रोमी ७:१४) सबै मानिस त्रुटिपूर्ण भएकाले तिनीहरूमध्ये कसैले पनि आदमले गुमाएको जीवन बराबरको मोल तिर्न सक्दैनक्थ्यो।भजन ४९:७, ८.

आदमको सन्तानको यस्तो अवस्था देखेर परमेश्वरले तिनीहरूमाथि दया देखाउनुभयो। (यूहन्ना ३:१६) परमेश्वर न्यायी हुनुहुन्छ। त्यसैले उहाँ मानिसहरूको पापलाई बेवास्ता गर्नुहुन्न वा कुनै ठोस आधारविना क्षमा दिनुहुन्न। (भजन ८९:१४; रोमी ३:२३-२६) उहाँ मानिसलाई प्रेम गर्नुहुन्छ। त्यसैले तिनीहरूको पाप क्षमा गर्न मात्र होइन, त्यसलाई सदाको लागि नामेट पार्न कानुनी आधार तयार पार्नुभयो। (रोमी ५:६-८) त्यो आधार हो—येशूले फिरौती तिर्न चढाउनुभएको बलिदान।

फिरौतीको बलिदानमा के-के समावेश छ?

बाइबलमा उल्लेख गरिएको “फिरौती”-मा यी तीनवटा कुरा समावेश छन्‌:

  1. १. कुनै कुरा पाउन तिरिने दाम।गन्ती ३:४६, ४७.

  2. २. दाम तिरेपछि पाइने छुटकारा।प्रस्थान २१:३०.

  3. ३. क्षति बराबरको दाम। *

फिरौतीको बलिदानमा यी तीनवटा कुरा कसरी मुछिएका छन्‌, विचार गर्नुहोस्।

  1. १. दाम: बाइबलले ख्रीष्टियनहरू “दाम तिरेर किनिएका” हुन्‌ भनेर बताउँछ। (१ कोरिन्थी ६:२०; ७:२३) त्यो दाम येशूको रगत हो। अनि त्यस रगतले उहाँले “हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूलाई परमेश्वरको निम्ति किन्नुभयो।”प्रकाश ५:८, ९.

  2. २. छुटकारा: येशूको फिरौतीको बलिदानले गर्दा मानिसहरू पापबाट “मुक्त” हुन सक्छन्‌।१ कोरिन्थी १:३०; कलस्सी १:१४; हिब्रू ९:१५.

  3. ३. क्षति बराबरको दाम: आदमले पाप गरेर त्रुटिरहित जीवन गुमाए। त्यसकै क्षतिपूर्तिस्वरूप येशूले त्रुटिरहित जीवन दिनुभयो। (१ कोरिन्थी १५:२१, २२, ४५, ४६) बाइबलमा यस्तो लेखिएको छ, “जसरी एक जना मानिसको अनाज्ञाकारिताले गर्दा धेरै जना पापी भए, उसरी नै एक जना मानिसको [अर्थात्‌ येशू ख्रीष्टको] आज्ञाकारिताले गर्दा धेरै जना असल ठहरिनेछन्‌।” (रोमी ५:१९) यस पदबाट एक जना व्यक्तिको मृत्युले गर्दा थुप्रै पापी मानिसको लागि फिरौती तिर्न सम्भव भयो भनेर बुझ्न सक्छौं। त्यसैले येशूको बलिदानले “सबै” मानिसलाई पापबाट छुटकारा दिन सक्छ। (१ तिमोथी २:५, ६) त्यसको लागि आवश्यक कदम चल्नुपर्छ।

^ अनु. 11 बाइबलमा ‘फिरौती’ भनी अनुवाद गरिएका मूल शब्दहरूले कुनै कुरा प्राप्त गर्न तिरिने रकम वा दिइने मूल्यवान्‌ वस्तुलाई बुझाउँछ। हिब्रू क्रिया काफार-ले “ढाक्नु” भन्ने अर्थ दिन्छ। (उत्पत्ति ६:१४) यसले प्रायजसो पाप ढाक्नुलाई बुझाउँछ। (भजन ६५:३) अर्को शब्द कोफेर-ले त्यस्तो पाप ढाक्न वा पापबाट छुटाउन तिरिने मूल्य वा दामलाई बुझाउँछ। (प्रस्थान २१:३०) त्यस्तै ग्रीक शब्द लिट्रन-लाई पनि प्रायजसो “फिरौती” भनेर अनुवाद गरिन्छ। यसलाई “छुटकाराको मोल” भनेर पनि अनुवाद गर्न सकिन्छ। (मत्ती २०:२८, NRV) ग्रीक लेखकहरूले यो शब्द युद्धबन्दी वा दासलाई छुटाउन तिरिने दाम वा मूल्यलाई बुझाउन चलाउँथे।

अझ बढी सिक्नुहोस्

बाइबलले वास्तवमा के सिकाउँछ?

फिरौतीको बलिदान परमेश्वरले दिनुभएको सबैभन्दा अनमोल उपहार

फिरौतीको बलिदान भनेको के हो? तपाईं यसबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?