सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

यहोवाका साक्षीहरू

नेपाली

म कसरी राम्रो अङ्‌क ल्याउन सक्छु?

म कसरी राम्रो अङ्‌क ल्याउन सक्छु?

तपाईं के गर्न सक्नुहुन्छ?

सकारात्मक कुरा सोच्नुहोस्। राम्रो अङ्‌क ल्याउन सक्दिनँ भनेर अचाक्ली चिन्ता गर्नु राम्रो होइन। आफ्नो क्षमताबारे नकारात्मक कुरा मनमा आउँदा त्यसलाई हटाउनुहोस् र आफूमा भएको सकारात्मक कुरामा ध्यान दिनुहोस्। उदाहरणको लागि, मानिसहरूले पावलको बोल्ने क्षमताबारे खिसी गर्दा * तिनले यस्तो जवाफ दिए, “म बोल्नमा त्यति सिपालु नहुँला तर ज्ञानमा त पक्कै छु।” (२ कोरिन्थी १०:१०; ११:६) तिनलाई आफ्नो कमजोरी थाह थियो। यति मात्र होइन, आफूमा के-कस्तो राम्रो कुरा छ, त्यो पनि थाह थियो। तपाईं नि? तपाईंको राम्रो पक्ष के हो? यो कुरा पत्ता लगाउन तपाईंलाई गाह्रो लाग्छ भने कुनै परिपक्व व्यक्तिलाई सोधे कसो होला? उहाँहरूले तपाईंमा कस्तो खुबी छ र त्यसलाई कसरी प्रयोग गर्ने भनेर बताउन सक्नुहुन्छ।

पढ्‌ने बानी बसाल्नुहोस्। राम्रो अङ्‌क ल्याउने कुनै छोटो बाटो छैन। ढिलो होस् या चाँडो, तपाईंले पढ्‌नै पर्छ। हुन त मान्छेलाई ‘पढ, पढ’ भनेको त्यत्ति मन पर्दैन। तर पढ्‌दा आफ्नै फाइदा हुन्छ। अलिकति मेहनत गर्नुभयो भने पढ्‌न रमाइलो लाग्न थाल्नेछ। पढ्‌ने बानी बसाल्न समयतालिका बनाउनुपर्छ। बिर्सन नहुने कुरा, तपाईंले पढाइलाई प्राथमिकता दिनुपर्छ। बाइबलले “हाँस्ने एउटा समय” र “नाच्ने एउटा समय” छ भन्छ। (उपदेशक ३:१, ४; ११:९) त्यसैले अरू युवाहरूजस्तै तपाईं पनि रमाइलो गर्न चाहनुहुन्छ होला। तर उपदेशक ११:४ ले यसरी सचेत गराएको छ, “बतासको विचार गर्नेले कहिल्यै छर्दैन, औ बादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन।” यसबाट के सिक्न सक्छौं? ‘पछि पढौंला, भोलि पढौंला’ नभन्नुहोस्। कामकुरा पछि सार्ने बानीले गर्दा महत्त्वपूर्ण काम कहिल्यै सिध्याउन सक्नुहुन्न। पढाइलाई प्राथमिकता दिनुहोस्, त्यसपछि रमाइलो गर्नुहोस्। यसो गर्नुभयो भने तपाईंले दुवै कामको लागि समय पाउनुहुनेछ।

वजन उठाउने अभ्यासले मांसपेशी बलियो भएजस्तै पढ्‌ने बानी छ भने स्कुलमा उन्नति गर्न सकिन्छ

^ अनु. 3 मानिसहरूले पावलको बोल्ने क्षमता भए तापनि खिसी गरेको हुन सक्छ।