सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

भाषा रोज्ने नेपाली

युवाहरू सोध्छन्‌

पर्याप्त सुत्न के गर्न सक्छु?

पर्याप्त सुत्न के गर्न सक्छु?

बाइबल यसो भन्छ: “दुवै मुठी भएर व्यर्थको परिश्रम, गरेको भन्दा एक मुठी भरिएको औ मनमा शान्ति भएको असल हो।” (उपदेशक ४:⁠६) प्रशस्त मात्रामा सुत्नु भएन भने तपाईं राम्रोसँग सोच्न र काम गर्न सक्नुहुन्न।

“निद्रा पुगेन भने मेरो दिमागले काम गर्नै सक्दैन। कुनै कुरामा ध्यान दिनै सक्दिनँ।”​—⁠१९ वर्षीया रेचल।

“दिउँसो २ बजे तिर यस्तो थकाइ लाग्छ कि कुरा गर्दागर्दै झुल्न थाल्छु।”​—⁠१९ वर्षीया क्रिस्टिन।

पर्याप्त सुत्न के गर्नुपर्ला? तपाईंका केही साथीहरूले के गरेका छन्‌, विचार गर्नुहोस्।

राती ढिलासम्म नबस्नुहोस्। अठार वर्षीया क्याथ्रिन यसो भन्छिन्‌, “म ठीक समयमा सुत्ने कोसिस गर्दै छु।

कुराकानी टुङ्‌ग्याउनुहोस्। एक्काइस वर्षीय रिचर्ड यसो भन्छन्‌, “कहिलेकाहीं साथीहरू राती अबेरसम्म फोन वा मेसेज गरिरहन्छन्‌ तर कुराकानीलाई टुङ्‌ग्याएर समयमै सुत्नुपर्छ भनी अहिले बुझेको छु।

निश्‍चित समयमा सुत्ने अनि उठ्‌ने लक्ष्य राख्नुहोस्। बीस वर्षीया जेनिफर यसो भन्छिन्‌, “हिजोआज म हरेक दिन बेलैमा सुत्ने अनि उठ्‌ने प्रयास गर्दै छु।”

सफलताको रहस्य। कम्तीमा पनि ८ घण्टा सुत्ने कोसिस गर्नुहोस्।

पर्याप्त मात्रामा सुत्ने प्रयास गर्नुभयो भने तपाईंलाई निकै फाइदा हुनेछ। नर्बिसनुहोस्, स्वस्थ हुनुभयो भने तपाईं राम्रो देखिनु हुनेछ, आनन्दित हुनुहुनेछ र आफ्नो काम पनि राम्रोसँग गर्न सक्नुहुनेछ।

जीवनमा कतिपय कुराहरू हाम्रो वशमा हुँदैन तर स्वस्थ हुने कि नहुने भन्ने कुरा चाहिं हाम्रै हातमा हुन्छ। उन्नाइस वर्षीया इरिन भन्छिन्‌, “तपाईंको स्वास्थ्य कस्तो हुने हो, त्यो एक जनामा निर्भर छ त्यो हो, तपाईं।