किशोरकिशोरी र युवायुवती

ह्वाइटबोर्ड एनिमेसन

नेपाली
ह्वाइटबोर्ड एनिमेसन
https://cms-imgp.jw-cdn.org/img/p/1011253/univ/art/1011253_univ_sqr_xl.jpg

ह्वाइटबोर्ड एनिमेसन

यी भिडियोहरूले गम्भीर विषयलाई रमाइलो तरिकामा सिकाउँछ।

 

सोसल मिडियाबारे मैले के थाह पाउनुपर्छ?

सोसल मिडिया चलाउन थाल्नुअघि तपाईँले के-कस्ता कुराहरू विचार गर्नुपर्छ?

एक्लोपनको सामना कसरी गर्ने?

एक्लोपनको सामना गर्न र अरूसित घुलमिल हुन मदत गर्ने सरल तरिकाहरू थाह पाउनुहोस्‌।

हामीले वृद्धहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

वृद्धहरूलाई साथी बनाउँदा कस्ता लाभहरू हुन्छन्‌, थाह पाउनुहोस्‌।

बाइबलको सल्लाह साँच्चै उपयोगी छ?

बाइबलमा पाइने सल्लाहहरूले तपाईँको जीवन कसरी राम्रो बनाउन सक्छ, थाह पाउनुहोस्‌।

स्कुल छोडूँ कि?

बुली, टेन्सन र नराम्रो ग्रेडले गर्दा स्कुलमा अझै गाह्रो हुन सक्छ। तर हरेस नखानुहोस्‌। तपाईँ कस्ता कदमहरू चाल्न सक्नुहुन्छ? यसबारे बाइबलमा पाइने केही व्यावहारिक सल्लाहहरू हेर्नुहोस्‌।

हामी किन इमानदार हुनुपर्छ?

के सफल हुन झूट बोल्नै पर्छ? इमानदार हुँदा कस्ता फाइदाहरू हुन्छन्‌, थाह पाउनुहोस्‌।

सफा र चिटिक्क हुनुहोस्‌

सफा र चिटिक्क रहँदा तपाईँ र तपाईँ वरपरका सबैलाई सजिलो हुन्छ। तपाईँको स्वास्थ्य राम्रो र जीवन कम तनावपूर्ण हुनेछ।

पूर्वाग्रह भनेको के हो?

पूर्वाग्रहले शताब्दीयौँदेखि मानिसहरूमा गहिरो जरा गाडेको छ। पूर्वाग्रही भावनाको प्रभावमा नपर्न हामी के गर्न सक्छौँ, बाइबलबाट थाह पाउनुहोस्‌।

गलत जानकारीहरूबाट आफूलाई जोगाउनुहोस्‌

आफूले सुनेको वा पढेको सबै कुरा पत्याइहाल्ने नगर्नुहोस्‌। झूटो जानकारीबाट जोगिन प्रमाणहरू केलाउनुहोस्‌।

पैसाको सदुपयोग गर्नुहोस्‌

अहिले नै पैसाको सदुपयोग गर्न सिक्नुहोस्‌ ताकि आवश्‍यक पर्दा त्यो पैसा तपाईँको लागि उपयोगी हुनेछ!

आफ्नो जीवनलाई धुवाँमा उड्‌न नदिनुहोस्‌

हुनत धेरै जना चुरोट पिउँछ्‌न्‌ वा भेपिङ गर्छन्‌ तर कतिपयले त्यो लत त्यागेका छन्‌ र अरू भने त्याग्न आफूले सकेजति गरिरहेका छन्‌। किन? के चुरोट पिउनु साँच्चै हानिकारक छ?

भिडियो गेम: के तपाईँ साँच्चै जितिरहनुभएको छ?

भिडियो गेम खेल्न निकै रमाइलो हुन सक्छ तर यसका खतराहरू पनि छन्‌। तपाईँ कसरी ती खतराहरूबाट जोगिएर वास्तविक जीवनमा जित्न सक्नुहुन्छ?

निराशालाई जितेर खुसी हुनुहोस्‌

निराशाको भुमरीमा पर्दा तपाईँ के गर्न सक्नुहुन्छ?

खेलकुदबारे तपाईँले के थाह पाउनुपर्छ?

खेलकुदले तपाईँलाई मिलिजुली काम गर्ने अनि खुलस्त कुराकानी गर्नेजस्ता महत्त्वपूर्ण कुराहरू सिकाउँछ। तर के खेलकुद तपाईँको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो?

रक्सी पिउनुअघि सोच्नुहोस्‌

रक्सीले लागेको बेला बोलेको वा गरेको कुरा सम्झेर पछि पछुतो लाग्न सक्छ। रक्सीको दुरुपयोगले निम्त्याउने समस्या र खतराहरूबाट तपाईँ कसरी जोगिन सक्नुहुन्छ?

आमाबुबासित कसरी कुरा गर्ने?

कुरा गर्न मन नलाग्दा तपाईं कसरी आमाबुबासित कुरा गर्न सक्नुहुन्छ?

के तपाईँ इलेक्ट्रोनिक साधनको दास हुनुहुन्छ?

हामी प्रविधिको युगमा बाँचिरहेका छौँ भन्दैमा त्यसको दास बन्‍नु पर्दैन। इलेक्ट्रोनिक साधनहरू चलाउने लत लागेको कसरी थाह पाउने? त्यस्तो समस्या छ भने तपाईँ कसरी फेरि सन्तुलित हुन सक्नुहुन्छ?

मैले अझ धेरै स्वतन्त्रता पाउन के गर्नुपर्छ?

वयस्कलाई जस्तै व्यवहार गरियोस्‌ भन्‍ने चाहनुहुन्छ तर तपाईंको ममी-ड्याडी त्यसको लागि तयार हुनुहुन्‍न होला। उहाँहरूको भरोसा जित्न तपाईं के गर्न सक्नुहुन्छ?

अरूको कुरा किन काट्‌नु हुँदैन?

कुराकानी नकारात्मक गफतर्फ मोडिँदै छ भने, तुरुन्तै कदम चाल्नुहोस्‌!

साँचो प्रेम या आकर्षण?

साँचो प्रेम र आकर्षणको अर्थ के हो, सिक्नुहोस्‌

साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌!

चारवटा सरल कदमले तपाईंलाई आफै निर्णय गर्न मदत गर्नेछ।

सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस्‌

साथीहरूसित अनलाइन सम्पर्क गर्दा रमाइलो हुन्छ तर खतराबाट जोगिनु पनि आवश्‍यक छ।

साँचो साथी कसलाई भन्‍न सकिन्छ?

नाम मात्रका साथीहरू धेरै भेटिन्छन्‌ तर तपाईं साँचो साथी कसरी भेट्टाउन सक्नुहुन्छ?

कसैले दादागिरी देखाउँदा के गर्ने?

साथीहरूले किन दादागिरी देखाउँछन्‌ अनि यसको सामना कसरी गर्न सकिन्छ, त्यसबारे सिक्नुहोस्‌।