अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका मे २०१६

 ख्रीष्टियन जीवन

के तपाईं JW लाइब्रेरी चलाउँदै हुनुहुन्छ?

के तपाईं JW लाइब्रेरी चलाउँदै हुनुहुन्छ?

JW लाइब्रेरी फोन, ट्‌याब्लेट अथवा कम्प्युटरमा निश्शुल्क डाउनलोड गर्न सक्नुहुन्छ। यो एपमा बाइबल, प्रकाशन, भिडियो र अडियो डाउनलोड गर्न सक्नुहुन्छ।

कसरी डाउनलोड गर्ने? अनलाइन गएर एप स्टोरबाट JW लाइब्रेरी इन्स्टल गर्नुहोस्। यो एप फोन, ट्‌याब्लेट अनि कम्प्युटरजस्ता उपकरणहरूमा चल्छ। अनलाइन हुँदा यो एप खोल्नुहोस् अनि आफूलाई चाहिएको प्रकाशन डाउनलोड गर्नुहोस्। तपाईंको घरमा इन्टरनेटको सुविधा छैन भने यस्तो सुविधा भएको राज्यभवन, पुस्तकालय, साइबर अथवा कफी पसलमा डाउनलोड गर्न सकिन्छ। डाउनलोड भइसकेका प्रकाशनहरू इन्टरनेट नहुँदा पनि चलाउन सक्नुहुन्छ। यो एपमा नयाँ-नयाँ विशेषताहरू थपिनेछ। त्यसैले समय-समयमा अनलाइन गएर अपडेट गर्नुहोस्।

यसको उपयोगिता? JW लाइब्रेरी-ले व्यक्तिगत अध्ययन गर्न सजिलो बनाउँछ। सभामा पनि प्रयोग गर्न सकिन्छ। साथै प्रचारकार्यको लागि पनि उपयोगी छ। कसै-कसैलाई यो एप चलाएर अनौपचारिक साक्षी दिन सजिलो लाग्छ।