अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका मे २०१६

 बाइबलमा पाइने अनमोल धन | भजन ११-१८

यहोवाको वासस्थानमा कसले बास गर्न पाउनेछ?

यहोवाको वासस्थानमा कसले बास गर्न पाउनेछ?

यहोवाको मित्रहरूले मात्र उहाँको वासस्थानमा बास गर्न पाउनेछन्‌। तिनीहरू उहाँमा भरोसा राख्छन्‌ र उहाँको आज्ञा पालन गर्छन्‌। यहोवा कस्ता व्यक्तिहरूलाई साथी बनाउनुहुन्छ भन्ने कुरा भजन अध्याय १५ मा पाउँछौं।

यहोवाको वासस्थानमा बास गर्नेहरूले के गर्नुपर्छ?

  • सत्यनिष्ठामा चल्नुपर्छ

  • मनैदेखि सत्य बोल्नुपर्छ

  • यहोवाका अरू सेवकहरूलाई आदर गर्नुपर्छ

  • गाह्रो भए पनि आफ्नो वचन पूरा गर्नुपर्छ

  • केही पाउने आस नगरी खाँचोमा परेकाहरूलाई मदत गर्नुपर्छ

यहोवाको वासस्थानमा बास गर्नेहरूले के गर्नु हुँदैन?

  • अरूको कुरा काट्‌नु हुँदैन र निन्दा गर्नु हुँदैन

  • आफ्नो छिमेकीको खराबी गर्नु हुँदैन

  • ख्रीष्टियन दाजुभाइ दिदीबहिनीको नाजायज फाइदा उठाउनु हुँदैन

  • यहोवाको सेवा नगर्ने र उहाँको आज्ञा पालन नगर्नेहरूसित सङ्‌गत गर्नु हुँदैन

  • घूस लिनु हुँदैन