सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  फेब्रुअरी २०१७

 बाइबलमा पाइने अनमोल धन | यशैया ६३-६६

नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं

नयाँ आकाश र नयाँ पृथ्वी स्थापित हुँदा हामी औधी रमाउनेछौं

यशैया ६५ अध्यायमा नयाँ आकाश र नयाँ पृथ्वी पुनर्स्थापित गर्ने विषयमा यहोवाले गर्नुभएको प्रतिज्ञा यति पक्का छ कि उहाँले त्यो पूरा भए जस्तैगरि बताउनुभयो।

यहोवाले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नुहुनेछ र अघिअघिका कुराहरूको सम्झना हुनेछैन

६५:१७

नयाँ आकाश भनेको के हो?

  • नयाँ सरकार हो, जसले पृथ्वीमा राम्रा परिवर्तनहरू ल्याउनेछ

  • सन्‌ १९१४ मा येशू परमेश्वरको राज्यको राजाको रूपमा सिंहासनमा विराजमान हुँदा यो नयाँ सरकारको स्थापना भयो

नयाँ पृथ्वी भनेको के हो?

  • नयाँ पृथ्वीले राजीखुसीसाथ परमेश्वरको शासनको अधीनमा बस्ने सबै राष्ट्र, भाषा अनि जातिका मानिसहरूको समाजलाई बुझाउँछ

अघिअघिका कुराहरूको सम्झना हुनेछैन भनी किन भन्न सक्छौं?

  • हामीलाई पिरोल्ने शारीरिक, मानसिक र भावनात्मक पीडाको सम्झना—सधैंको लागि नामेट हुनेछ

  • परमेश्वरप्रति वफादार रहने मानिसहरूले जीवनको पूरापूर आनन्द उठाउनेछन्‌ अनि हरेक दिनको मीठो सम्झनामा रमाउनेछन