अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका फेब्रुअरी २०१६

 ख्रीष्टियन जीवन

सबैलाई स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्

सबैलाई स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्
दृश्य
चित्र
अक्षर

स्मरणार्थ उत्सवको निम्तो बाँड्‌ने अभियान फेब्रुअरी २७ देखि सुरु हुनेछ। येशूको मृत्युको सम्झना गर्न धेरैभन्दा धेरै मानिसलाई निम्तो दिन चाहन्छौं। कसैले चासो देखाए भने तिनको चासो कायम राख्न विशेष ध्यान दिनुपर्छ।

चाल्न सकिने कदम

यस्तै केही भन्न सक्नुहुन्छ

“हामी सबैलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिंदै छौं। यसपालि संसारभरिका लाखौं मानिस मार्च २३ तारिख येशूको मृत्युको दिन सम्झना गर्न विभिन्न ठाउँमा भेला हुँदै छन्‌। त्यो दिन बाइबलमा आधारित भाषण पनि सुन्न सकिन्छ। यो पर्चीमा कार्यक्रम हुने ठाउँ र समय दिइएको छ। मिल्छ भने आउनुस् न है।”

घरधनीले चासो देखाएमा . . .

  • पत्रिका दिनुहोस्

    पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।

  • स्मरणार्थ भिडियो देखाउनुहोस्

    पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।

पुनःभेट गर्दा यसो गर्न सक्नुहुन्छ . . .

  • बाइबल किन पढ्‌नुपर्छ? भिडियो देखाउनुहोस्

    बाइबल अध्ययन गर्न चलाउने प्रकाशन दिनुहोस्।

  • बाइबलले वास्तवमा के सिकाउँछ? किताब दिनुहोस्

    पृष्ठ २०६-२०८ बाट स्मरणार्थको विषयमा थप जानकारी दिनुहोस्। त्यसपछि यो किताब दिनुहोस्।

  • सृष्टिकर्ताको कुरा सुन्नुहोस् पुस्तिका दिनुहोस्

    पृष्ठ १८-१९ बाट येशूको मृत्युले गर्दा कस्ता लाभहरू उठाउन सकिन्छ, छलफल गर्नुहोस्। त्यसपछि पुस्तिका दिनुहोस्।