अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका फेब्रुअरी २०१६

 बहुमूल्य रत्न खोजौं | नहेम्याह ९–११

वफादार उपासकहरू यहोवाको प्रबन्धअनुसार चल्छन्‌

वफादार उपासकहरू यहोवाको प्रबन्धअनुसार चल्छन्‌

यहोवाका सेवकहरूले विभिन्न तरिकामा साँचो उपासनालाई समर्थन गरे

१०:२८-३०, ३२-३९; ११:१, २

  • इस्राएलीहरूले झुप्रोबासको चाडको लागि राम्ररी तयारी गरे अनि सही तरिकामा मनाए

  • हरेक दिन मानिसहरू व्यवस्थाको कुरा सुन्न एक ठाउँमा भेला भए। यसले गर्दा मानिसहरूमा खुसीयाली छायो

  • मानिसहरूले पापको प्रायश्‍चित गरे, प्रार्थना गरे अनि यहोवासित आशिष्‌ मागे

  • इस्राएलीहरू यहोवाको सबै प्रबन्धअनुसार चल्न राजी भए

इस्राएलीहरू कसरी यहोवाको प्रबन्धअनुसार चले?

  • यहोवाको उपासकसित मात्र विवाह गरेर

  • आर्थिक अनुदान दिएर

  • विश्राम-दिन मनाएर

  • वेदीको लागि दाउरा दिएर

  • बालीको पहिलो उब्जनी र पहिले जन्मेको जनावर चढाएर