अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका डिसेम्बर २०१६

 ख्रीष्टियन जीवन

“परमेश्वरको प्रेम” किताब चलाएर मन छुने तरिकामा सिकाउनुहोस्

“परमेश्वरको प्रेम” किताब चलाएर मन छुने तरिकामा सिकाउनुहोस्

यसो गर्नु किन महत्त्वपूर्ण छ? यहोवालाई मन पर्ने तरिकामा उपासना गर्न मानिसहरूले उहाँको स्तरबारे सिक्नुपर्छ र त्यसमा विश्वस्त हुनुपर्छ। (यशै २:३, ४) अध्ययन गराउन तयार पारिएको दोस्रो प्रकाशन “परमेश्वरको प्रेम” किताबले बाइबल विद्यार्थीलाई दैनिक जीवनमा ईश्वरीय सिद्धान्तअनुसार कसरी चल्ने भनेर सिक्न मदत गर्छ। (हिब्रू ५:१४) हामीले तिनीहरूको मन छुने तरिकामा सिकाउने कोसिस गर्नुपर्छ। यसो गर्दा तिनीहरू आवश्यक छाँटकाँट गर्न उत्प्रेरित हुनेछन्‌।—रोमी ६:१७.

हामी कसरी यसो गर्न सक्छौं?

  • विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर राम्ररी तयारी गर्नुहोस्। तिनको विचार र भावना बुझ्न मदत गर्ने प्रश्नहरू तयार पार्नुहोस्।—हितो २०:५; be २५९

  • बाइबल सिद्धान्त लागू गर्नुको महत्त्व बुझाउन किताबमा भएका पेटीहरू प्रयोग गर्नुहोस्।

  • अन्तस्करणसित सम्बन्धित कुराहरूमा तर्क गर्न विद्यार्थीलाई मदत गर्नुहोस्। तर तिनको लागि तपाईंले निर्णय नगर्नुहोस्।—गला ६:५

  • तपाईंको विद्यार्थीलाई बाइबलको कुनै सिद्धान्त लागू गर्न मदत चाहिएको छ कि भनेर पत्ता लगाउन समझ चलाउनुहोस्। यहोवाप्रतिको प्रेमले उत्प्रेरित भएर छाँटकाँट गर्न विद्यार्थीलाई दयालु भई प्रोत्साहन दिनुहोस्।—हितो २७:११; यूह १४:३१