अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका डिसेम्बर २०१६

 ख्रीष्टियन जीवन

“म हाजिर छु। मलाई पठाउनुहोस्।”

“म हाजिर छु। मलाई पठाउनुहोस्।”

राजीखुसीले सेवा गर्ने यशैयाको मनोभाव अनुकरणीय छ। तिनले विश्वास देखाए र सबै कुरा थाह नभए पनि जान तुरुन्तै तयार भए। (यशै ६:८) के तपाईं राज्य प्रचारकको आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न केही छाँटकाँट गर्न सक्नुहुन्छ? (भज ११०:३) हो, बसाइँ सर्नुअघि आफूसित पुग्ने खर्च छ कि छैन भनेर “पहिला हिसाब” गर्नुपर्छ। (लूका १४:२७, २८) साथै प्रचारकार्यको लागि राजीखुसीले त्यागहरू गर्न तयार हुनुहोस्। (मत्ती ८:२०; मर्कू १०:२८-३०) आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न बसाइँ सर्छन्‌ भन्ने भिडियोमा देखाइएजस्तै हामीले पाउने आशिष्‌हरूको तुलनामा हामीले गर्ने त्यागहरू त केही पनि होइन।

भिडियो हेरेपछि यी प्रश्नहरूको जवाफ दिनुहोस्:

  • इक्वेडरमा सेवा गर्नको लागि विलियम्स परिवारका सदस्यहरूले व्यक्तिगत तवरमा के-कस्ता त्याग गरे?

  • कहाँ सेवा गर्ने भन्ने छनौट गर्न तिनीहरूले कुन कुराहरूमा ध्यान दिए?

  • तिनीहरूले कस्ता आशिष्‌हरू पाए?

  • आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्नेबारे थप जानकारी कहाँ पाउन सकिन्छ?

अर्को पटकको पारिवारिक उपासनामा यी प्रश्नहरू छलफल गर्नुहोस्:

  • परिवारको रूपमा हामी कसरी आफ्नो प्रचारकार्य विस्तार गर्न सक्छौं? (km-E ८/११ पृ. ४-६)

  • आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न नसके पनि स्थानीय मण्डलीलाई कुन-कुन तरिकामा मदत गर्न सक्छौं? (w१६.०३ पृ. २३-२५)