अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका जुलाई २०१६

 ख्रीष्टियन जीवन

जीवन सरल बनाउँदा परमेश्वरको अझ धेरै प्रशंसा गर्न सक्छौं

जीवन सरल बनाउँदा परमेश्वरको अझ धेरै प्रशंसा गर्न सक्छौं

आजकल हाम्रो जीवनलाई जटिल बनाउने कुराहरू थुप्रै छन्‌। किनमेल गर्न, पैसा तिर्न, ती सामानहरूलाई प्रयोगमा ल्याउन, त्यसलाई दुरुस्त अवस्थामा राख्न र त्यसको सुरक्षा गर्न प्रशस्तै समय र शक्ति खर्च हुन्छ। येशूले सरल जीवन बिताउनुभयो। त्यसकारण भौतिक सरसम्पत्तिले उहाँलाई यहोवाको सेवा गर्नदेखि अलमलाएन।—मत्ती ८:२०.

प्रचारकार्यमा अझ धेरै समय बिताउन तपाईं कसरी आफ्नो जीवन सरल बनाउन सक्नुहुन्छ? केही छाँटकाँट गरेमा तपाईंको परिवारको कसैले अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि? तपाईंले अहिले पूर्ण-समय सेवा गर्दै हुनुहुन्छ भने पनि कतै भौतिक कुराहरूले बिस्तारै तपाईंको जीवनलाई जटिल बनाउँदै लगेको छ कि? जीवन सरल बनाएर यहोवाको सेवा गर्दा तपाईं सन्तुष्ट र आनन्दित हुन सक्नुहुनेछ।—१ति ६:७-९.

आफ्नो जीवन सरल बनाउन सक्ने तरिकाहरू लेख्नुहोस्।