अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका जुलाई २०१६

 बाइबलमा पाइने अनमोल धन | भजन ७४-७८

यहोवाका कामहरू सम्झनुहोस्

यहोवाका कामहरू सम्झनुहोस्

यहोवाले गर्नुभएका असल कामहरूबारे मनन गर्नै पर्छ

७४:१६; ७७:६, ११, १२

  • मनन गर्दा परमेश्वरको वचनमा पढेका कुराहरू राम्ररी बुझ्न सक्छौं र आध्यात्मिक भोजनप्रति मनैदेखि कृतज्ञ हुन सक्छौं

  • यहोवाबारे गहिरिएर विचार गर्दा उहाँका अद्‌भुत कामहरू र उहाँले हामीसामु राख्नुभएको आशा सम्झन सक्छौं

यहोवाका कामहरूमा यी कुराहरू पर्छन्‌:

७४:१६, १७; ७५:६, ७; ७८:११-१७

  • सृष्टि

  • सृष्टिबारे हामी जति धेरै कुरा थाह पाउँछौं, यहोवाप्रतिको हाम्रो श्रद्धा त्यति नै प्रगाढ हुन्छ

  • मण्डलीका नियुक्त पुरुषहरू

  • हामी यहोवाले नेतृत्व लिन नियुक्त गर्नुभएकाहरूको अधीनमा बस्नुपर्छ

  • उद्धारका कामहरू

  • यहोवाले गर्नुभएका उद्धारका कामहरू सम्झँदा उहाँ आफ्ना सेवकहरूको हेरचाह गर्न इच्छुक र सक्षम हुनुहुन्छ भन्ने कुरामा हामी अझ ढुक्क हुन्छौं