अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका जुलाई २०१६

 ख्रीष्टियन जीवन

एक वर्ष गरेर हेर्ने हो कि?

एक वर्ष गरेर हेर्ने हो कि?

के गरेर हेर्ने? नियमित अग्रगामी सेवा! तपाईंले प्रशस्तै आशिष्‌ पाउनुहुनेछ!—हितो १०:२२.

अग्रगामी सेवा गरेर तपाईंले . . .

  • प्रचारकको रूपमा आफ्नो सीप अझ तिखार्न सक्नुहुन्छ जसले गर्दा तपाईंलाई प्रचारकार्य अझ रमाइलो लाग्छ

  • यहोवासितको सम्बन्ध बलियो बनाउन सक्नुहुन्छ। तपाईं उहाँबारे अरूसित जति धेरै कुराकानी गर्नुहुन्छ, उहाँका अद्‌भुत गुणहरूबारे त्यति नै धेरै सम्झने मौका पाउनुहुनेछ

  • आफ्नो इच्छालाई भन्दा राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिंदा प्राप्त हुने सन्तुष्टि अनुभव गर्नुहुन्छ अनि अरूको लागि आफूलाई अर्पण गर्दा प्राप्त हुने आनन्द पनि अनुभव गर्नुहुन्छ। —मत्ती ६:३३; प्रे २०:३५

  • क्षेत्रीय निरीक्षकको भ्रमणको बेला हुने अग्रगामी सभा, सम्मेलनअघि हुने विशेष सभा र अग्रगामी सेवा स्कुलमा उपस्थित हुने मौका पाउनुहुन्छ

  • बाइबल अध्ययन सुरु गर्ने र सञ्चालन गर्ने अझ धेरै मौका पाउनुहुन्छ

  • सङ्‌गी प्रचारकहरूसित अझ धेरै समय बिताउने र एकअर्कालाई प्रोत्साहन दिने मौका पाउनुहुन्छ।—रोमी १:११, १२