अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका जनवरी २०१७

 ख्रीष्टियन जीवन

सतावट भोगिरहेका ख्रीष्टियनहरूको लागि प्रार्थना गर्न नबिर्सनुहोस्

सतावट भोगिरहेका ख्रीष्टियनहरूको लागि प्रार्थना गर्न नबिर्सनुहोस्

प्रचारको काम रोक्न सैतानले हामीमाथि सतावट ल्याउने छ भनेर बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो। (यूह १५:२०; प्रका १२:१७) अन्य मुलुकहरूमा सतावट भोगिरहेका हाम्रा ख्रीष्टियन दाजुभाइ दिदीबहिनीलाई कसरी मदत गर्न सक्छौं? उनीहरूको लागि प्रार्थना गरेर। “असल काम गर्ने मानिसको उत्कट बिन्तीले ठूलो काम गर्न सक्छ।”—या ५:१६.

हामी कुन कुराको लागि प्रार्थना गर्न सक्छौं? हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई निडर र साहसी हुन मदत दिनुहोस् भनेर यहोवालाई प्रार्थना गर्न सक्छौं। (यशै ४१:१०-१३) प्रचारकार्यमा कुनै बाधा नहोस् अनि हामी “शान्ति र चैनको जीवन बिताउन सकौं” भनेर अख्तियारवालाहरूको लागि पनि प्रार्थना गर्न सक्छौं।—१ति २:१, २.

प्रथम शताब्दीमा पावल र पत्रुसले सतावट भोग्नुपर्दा त्यतिबेलाका ख्रीष्टियनहरूले उनीहरूको नामै तोकेर प्रार्थना गरे। (प्रे १२:५; रोमी १५:३०, ३१) हाल सतावट भोगिरहेकाहरूको नाम हामीलाई थाह नभए तापनि उनीहरूको देश, मण्डली वा ठाउँबारे प्रार्थनामा समावेश गर्न सक्छौं कि?

सतावट भोगिरहेका यी मुलुकका ख्रीष्टियनहरूका निम्ति म प्रार्थना गर्न चाहन्छु: