अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका जनवरी २०१७

 बाइबलमा पाइने अनमोल धन | यशैया ३४-३७

हिजकियाहले आफ्नो विश्वासको इनाम पाए

हिजकियाहले आफ्नो विश्वासको इनाम पाए

यरूशलेमवासीलाई आत्मसमर्पण गराउन अश्शूरको राजा सनहेरीबले रबशाकेलाई यरूशलेममा पठाए। अश्शूरीहरूले यहूदीहरूलाई निरुत्साहित पारेर युद्ध नलडीकनै सहर कब्जा गर्न विभिन्न तर्क गरे।

  • निस्सहाय। मिश्रबाट केही सहायता पाउनेछैन।—यशै ३६:६

  • शङ्‌का। यहोवा तिमीसँग खुसी हुनुहुन्न, त्यसैले तिम्रो पक्षमा लड्‌नुहुनेछैन।—यशै ३६:७, १०.

  • धम्की। तिमीले शक्तिशाली अश्शूरी सेना विरुद्ध केही गर्न सक्नेछैनौ।—यशै ३६:८, ९

  • लोभ। आत्मसमर्पण गरेमा अझ स्तरीय जीवन बिताउन सक्नेछौ।—यशै ३६:१६, १७

हिजकियाहले यहोवामा दृढ विश्वास देखाए

३७:१, २, १४-२०, ३६

  • सहरलाई शत्रुहरूको हातबाट जोगाउन तिनले आफ्नो तर्फबाट सक्दो तयारी गरे

  • तिनले उद्धारको निम्ति यहोवालाई प्रार्थना गरे र अरूलाई पनि यहोवामाथिको विश्वास बलियो बनाउन मदत गरे

  • यहोवाले एउटा स्वर्गदूत पठाउनुभएर एकै रातमा १ लाख ८५ हजार अश्शूरी सेनालाई नाश गर्नुभयो। यसरी हिजकियाहले आफ्नो विश्वासको इनाम पाए।