अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका जनवरी २०१६

 बहुमूल्य रत्न खोजौं | एज्रा ६–१०

यहोवालाई स्वेच्छाले सेवा गर्ने उपासकहरू मन पर्छ

यहोवालाई स्वेच्छाले सेवा गर्ने उपासकहरू मन पर्छ

यरूशलेम फर्कन एज्राले तयारी गरे

७:६, २२; ८:२६, २७

  • राजा आर्टजारसेजले एज्रालाई साँचो उपासनासम्बन्धी काम अघि बढाउनको लागि यरूशलेम जाने अनुमति दिए

  • एज्राले यहोवाको मन्दिरको लागि “मागेका सबै कुरा” अर्थात्‌ सुन, चाँदी, गहुँ, दाखमद्य, तेल र नुन राजाले दिए। ती सामानहरूको मूल्य हिसाब गर्दा अहिले १ खरब ६ अरब ३८ करोड रुपैयाँभन्दा धेरै हुन्छ

यहोवाले आफ्ना सेवकहरूको रक्षा गर्नुहुन्छ भनेर एज्राले भरोसा गरे

७:१३; ८:२१-२३

  • यरूशलेम फर्कन सजिलो थिएन

  • लगभग १६ सय किलोमिटर यात्रा गर्नुपऱ्यो; बाटो साह्रै डरलाग्दो थियो

  • लगभग ४ महिना यात्रा गर्नुपऱ्यो

  • बेबिलोनबाट फर्केकाहरूलाई बलियो विश्वास, साँचो उपासनाको लागि जोस अनि साहस चाहिन्थ्यो

एज्राले यात्रा गर्दा निम्न कुराहरू लगे:

१५ हजार किलो सुन र चाँदी (७५० तोडाभन्दा धेरै) वा ३ वटा वयस्क भाले हात्ती (अफ्रिकी) बराबरको तौल

बेबिलोनबाट फर्केकाहरूले कस्ता कठिनाइहरू पार गर्नुपरेको थियो?

डाँकु, मरुभूमि, जङ्गली जीवजन्तु