सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका  |  अक्टोबर २०१६

 ख्रीष्टियन जीवन

के तपाईं JW.ORG कार्ड प्रयोग गर्दै हुनुहुन्छ?

के तपाईं JW.ORG कार्ड प्रयोग गर्दै हुनुहुन्छ?

महासङ्‌कष्टको समय नजिकिंदै गएकोले अहिले प्रचार गर्नु झनै जरुरी भएको छ। (हितो २४:११, १२, २०) मानिसहरूको ध्यान परमेश्वरको वचनमा र हाम्रो वेबसाइटमा खिच्न JW.ORG कार्ड प्रयोग गर्न सकिन्छ। कार्डमा दिइएको कोडले बाइबल किन पढ्‌नुपर्छ? भन्ने भिडियोमा र बाइबल अध्ययन गर्न वा थप जानकारी लिन आग्रह गरिएको भागमा पुऱ्याउँछ। केही मानिसलाई साहित्य लिन मन नपरे पनि वेबसाइट हेर्न भने मन पर्छ। तिनीहरूलाई कार्ड दिन नहिचकिचाउनुहोस्। तर चासो नभएकाहरूलाई यो कार्ड नदिनुहोस्।

दैनिक कामकुराको सिलसिलामा मानिसहरूको चासो जगाउन यसो भन्न सक्नुहुन्छ: “म तपाईंलाई एउटा कुरा दिन चाहन्छु। यो कार्डमा दिइएको वेबसाइटबाट निश्शुल्क जानकारी लिन सक्नुहुन्छ साथै विभिन्न विषयको भिडियो पनि हेर्न सक्नुहुन्छ।” (यूह ४:७) यो कार्ड सानो साइजको भएकोले आफूसितै राखेर मौका पाउने बित्तिकै अरूलाई दिन सक्नुहुन्छ।