अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका अक्टोबर २०१६

नमुना प्रस्तुति

नमुना प्रस्तुति

ब्यूँझनुहोस्!

प्रश्न: येशू भन्ने व्यक्ति साँच्चै हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो भन्ने विषयमा कोही-कोहीले शङ्‌का गर्छन्‌ अनि कोही-कोहीचाहिं उहाँ हुनुहुन्थ्यो भनेर पूरा विश्वास गर्छन्‌। कतिपयले भने यस विषयमा केही भन्न सक्दैनन्‌। तपाईंको विचार कस्तो छ?

अन्तमा: यस अङ्‌कको ब्यूँझनुहोस्!-मा प्रमाणहरूले के देखाउँछ भनेर बताइएको छ।

सत्य सिकाउनुहोस्

प्रश्न: मृत्युपछि हाम्रो अवस्था कस्तो हुन्छ?

बाइबल पद: यूह ११:११-१४

सत्य: मृत्युपछि जीवन समाप्त हुन्छ। त्यसैले मृत्युपछि डराउनु पर्दैन। येशूले मृत्युलाई निद्रासित तुलना गर्नुभयो। येशूले लाजरसलाई झैं हामीले गुमाएका मानिसहरूलाई पनि “ब्युँझाउनुहुनेछ।” त्यसपछि उनीहरूले यस पृथ्वीमा आनन्दसाथ जीवन बिताउनेछन्‌।—अय्यू १४:१४.

मण्डलीको सभाहरूको निम्तोपर्ची (inv)

सुरुमा: म तपाईंलाई बाइबलआधारित विषयमा हुने प्रवचनको निम्तो दिन चाहन्छु। त्यहाँ आउँदा पैसा तिर्नु पर्दैन। यो कार्यक्रम हाम्रो उपासना गर्ने ठाउँ राज्यभवनमा हुन्छ। [निम्तोपर्ची दिनुहोस्, सप्ताहन्तमा हुने सभाको समय र स्थान निम्तोपर्चीमा देखाउनुहोस् अनि जनभाषणको विषय बताउनुहोस्।]

प्रश्न: तपाईं पहिले पनि राज्यभवनमा जानुभएको छ कि? [उपयुक्त भएमा राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌? भन्ने भिडियो देखाउनुहोस्।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्।