अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत

 गीत १४१

शान्तिप्रेमी मानिसहरू खोजिरहौं

शान्तिप्रेमी मानिसहरू खोजिरहौं

डाउनलोड:

(लूका १०:६)

  1. १. येशूले भने, ‘सत्य सुनाओ।’

    चाहे घाम होस्, चाहे धूलो

    मानेनन्‌ येशूले गाह्रो।

    यहोवाको भेडाको मायाले

    चारैतिर

    गरे प्रचार हर समय नै।

    ढोका ढोका, दोबाटोमा

    भेटेका सबलाई सुनाउँछौं,

    दुःखकष्ट क्यै नहुने

    समाचार।

    (कोरस)

    खोजिरहौं

    शान्तिप्रेमी मानिसहरूलाई।

    खोजिरहौं

    मुक्‍ति पाउन चाहनेलाई।

    चाहँदैनौं

    कोइ छुटेको।

  2. २. समय खोला हो, फर्कंदैन यो।

    अमूल्य छ जीवन सबको,

    बचाउन गर्छौं हर प्रयास।

    मायाले जान्छौं फेरि भेट्‌नलाई।

    मनको घाउ निको पार्छ

    या’को वचनले।

    सहर सहर, गाउँ गाउँमा

    चासो दिने कोइ भेटाउँदा

    खुसी भई अघि बढिरहन्छौं।

    (कोरस)

    खोजिरहौं

    शान्तिप्रेमी मानिसहरूलाई।

    खोजिरहौं

    मुक्‍ति पाउन चाहनेलाई।

    चाहँदैनौं

    कोइ छुटेको।

(यशै. ५२:७; मत्ती २८:१९, २०; लूका ८:१; रोमी १०:१० पनि हेर्नुहोस्।)