अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत

 गीत १४०

अग्रगामी सेवकको जीवन

अग्रगामी सेवकको जीवन

डाउनलोड:

(उपदेशक ११:६)

  1. १. बिहान सबेरै सधैं जाग्छौं हामी।

    प्रचार जान्छौं

    प्रार्थना गरी

    गाह्रो लागे पनि।

    कोही सुन्छन्‌,

    कोही आफ्‌नो बाटो लाग्छन्‌।

    तैपनि रहन्छौं हामी मुहारमा मुस्कान राखी।

    (कोरस)

    यस्तो जीवन रोज्यौं

    बाँच्न या’को लागि।

    गर्छौं उहाँले चाहेजस्तै

    सहन्छौं सब हामी,

    चाहे घाम होस् पानी।

    भन्छौं सधैं यहोवालाई,

    “प्रेम गर्छु।”

  2. २. जब साँझ पर्छ,

    लाग्छ साह्रै थकाइ।

    तर मनले भन्छ खुसी भै

    धन्यवाद यहोवा।

    उत्तम सेवा सधैं चढाउन चाहन्छौं।

    हरेक दिन पायौं आशिष्‌ धेरै,

    धन्यवाद यहोवा।

    (कोरस)

    यस्तो जीवन रोज्यौं

    बाँच्न या’को लागि।

    गर्छौं उहाँले चाहेजस्तै

    सहन्छौं सब हामी,

    चाहे घाम होस् पानी।

    भन्छौं सधैं यहोवालाई,

    “प्रेम गर्छु।”

(यहो. २४:१५; भज. ९२:२; रोमी १४:८ पनि हेर्नुहोस्।)