दृश्य
अक्षर

डाउनलोड:

  1. १. थियो मेरो मनमा प्रश्‍नको भारी,

    जवाफ पाउँदा भएँ साह्रै खुसी।

    जवाफ पाउँदा भएँ खुसी।

    खुल्दुली मनका मेटिए सबै।

    चिन्ताहरू नि सबै बिलाए है।

    सारा चिन्ता, बिलाए है।

    (कोरस)

    बाटो छ है, धेरै लामो,

    विश्‍वासले गर्छ सब काम।

    नहुँदा बाँकी कुनै बाटो,

    विश्‍वासले गर्छ काम।

    गर्छ सब काम।

  2. २. गरी धेरै माया, यी कुरालाई।

    तयार छु अब भन्‍न अरूलाई।

    तयार छु है

    भन्‍न अरूलाई।

    मेरो विश्‍वास मनमा, हो दन्केको ज्वाला।

    दन्काउनु छ अझै, गरी आफ्नो काम।

    दन्काउनु छ, यो मन भित्र।

    (कोरस)

    बाटो छ है, धेरै लामो,

    तर बिर्सन्‍नँ कैल्यै:

    नहुँदा बाँकी कुनै बाटो,

    विश्‍वासले गर्छ काम।

    गर्छ सब काम।

    (ब्रिज)

    दुःखका पल अनि आँधीहुरीमा,

    गर्छु बिन्ती पुकारा, जान्छु छेउ याहको।

    भन्‍नु भो है, “परे भर ममा,

    दिनेछु बल तिमीलाई म,

    आउनेछ परीक्षा,

    झेल्नेछौं हामी साथ।”

    (कोरस)

    बाटो छ है, धेरै लामो,

    तर बिर्सन्‍नँ कैल्यै:

    नहुँदा बाँकी कुनै बाटो,

    विश्‍वासले गर्छ काम।

    (कोरस)

    छैन अब कुनै शङ्‌का,

    विश्‍वासले गर्छ काम।

    नहुँदा बाँकी कुनै बाटो,

    विश्‍वासले गर्छ काम।

    गर्छ सब काम।