सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ थिस्सलोनिकी ३:१-१८

 अन्तमा, हे भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गरिरहो, ताकि यहोवाको वचन द्रुत गतिमा फैलिंदै जाओस् अनि तिमीहरूले त्यसलाई आदरपूर्वक स्वीकारेजस्तै अरूहरूले पनि स्वीकारून्‌।  साथै, खतरनाक र दुष्ट मानिसहरूबाट हामीले छुटकारा पाओस् भनेर पनि प्रार्थना गर, किनभने विश्वास सबैसित हुँदैन।  तर प्रभु विश्वासयोग्य हुनुहुन्छ, अनि उहाँले तिमीहरूलाई दृढ बनाउनुका साथै त्यस दुष्टबाट* जोगाउनुहुनेछ।  यसबाहेक, प्रभुको चेलाको नाताले हामीलाई भरोसा छ, कि हामीले आदेश दिएका कुराहरू तिमीहरूले गरिरहेका छौ र पछि पनि गरिरहनेछौ।  अनि प्रभुले तिमीहरूको मनलाई निरन्तर डोऱ्याइरहून्‌, ताकि तिमीहरूले परमेश्वरलाई प्रेम गरिरहोस् अनि तिमीहरू ख्रीष्टको निम्ति सहनशील भइरहोस्।  अब हे भाइहरू हो, प्रभु येशू ख्रीष्टको नाममा हामी तिमीहरूलाई के आदेश दिंदैछौं भने जो भाइ बेकाइदासित चल्छ र तिमीहरूले हामीबाट पाएको कुराबमोजिम चल्दैन, ऊदेखि अलग होओ।  तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्ने हो, त्यो तिमीहरू आफैलाई थाह छ, किनभने हामी तिमीहरूमाझ न बेकाइदासित चल्यौं,  न त सित्तैंमा कसैको खानेकुरा खायौं, बरु तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौं भनेर मेहनत र कडा परिश्रम गरेर दिनरात काम गऱ्यौं।  हुन त हामीसित अधिकार नभएको होइन तर तिमीहरूले हाम्रो अनुकरण गर्न सकोस् भनेर हामी तिमीहरूको निम्ति उदाहरण बन्न चाहन्थ्यौं। १०  भनौं भने, तिमीहरूसित छँदा हामीले तिमीहरूलाई यस्तो आदेश दिने गर्थ्यौं: “काम गर्न नचाहनेले खाँदा पनि नखाओस्।” ११  तिमीहरूमाझ केही मानिसहरू बेकाइदासित चलिरहेका छन्‌ भनी हामीले सुनेका छौं, जो पटक्कै काम गर्न चाहँदैनन्‌ तर आफूसित सरोकार नभएका कुराहरूमा भने हस्तक्षेप गर्दै हिंड्‌छन्‌। १२  यस्ता मानिसहरूलाई प्रभु येशू ख्रीष्टको नाममा हामी के आदेश अनि अर्ती दिन्छौं भने तिनीहरूले चुपचाप काम गरेर आफ्नै हातले कमाएको खानेकुरा खाऊन्‌। १३  तर हे भाइहरू हो, तिमीहरू भने हरेस नखाई असल काम गरिरहो। १४  तर यदि कसैले यस पत्रमा भएको हाम्रो वचन पालन गर्दैन भने त्यस्तालाई याद गरिराख र ऊसित सङ्‌गत गर्न छोड, ताकि ऊ लज्जित होओस्। १५  तैपनि उसलाई आफ्नो शत्रु नठानिहाल, बरु आफ्नो भाइ ठानेर निरन्तर सम्झाइबुझाइ गरिरहो। १६  अब शान्तिका प्रभु आफैले तिमीहरूलाई हरतवरले निरन्तर शान्ति दिइरहून्‌। प्रभु तिमीहरू सबैसित रहून्‌। १७  अब म पावल आफ्नै हातले मेरो अभिवादन लेख्दैछु, जुन मेरा सबै पत्रहरूको चिनारी हो। म यसरी नै लेख्ने गर्छु। १८  हाम्रा प्रभु येशू ख्रीष्टको असीम अनुग्रह तिमीहरू सबैसित रहोस्।

फुटनोटहरू

अर्थात्‌, “सैतानबाट।”