सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ तिमोथी ३:१-१७

 तर अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख।  किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, परमेश्वरको निन्दा गर्ने, आमाबाबुको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्वासघाती,  स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने,  धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने  अनि परमेश्वरको भक्ति गरेको ढोंग गर्ने तर त्यसको शक्तिलाई भने इन्कार गर्ने हुनेछन्‌; यिनीहरूबाट अलग बस।  किनकि यिनीहरूमध्येबाट केही यस्ता मानिसहरू निस्कनेछन्‌, जो अरूको घरपरिवारमा सुटुक्क छिर्नेछन्‌ अनि विभिन्न इच्छाहरूको बहकाउमा परेर पापको भारी बोकिरहेका कमजोर स्त्रीहरूलाई आफ्नो कैदमा पार्नेछन्‌।  तिनीहरू सिक्न त सधैं सिकिरहन्छन्‌ तर सत्यको सही ज्ञान भने कहिल्यै हासिल गर्न सक्दैनन्‌।  यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेजस्तै यिनीहरू पनि सत्यको विरोध गर्ने गर्छन्‌। यी मानिसहरूको दिमाग पूरै भ्रष्ट छ र ख्रीष्टियन विश्वासअनुसार नचलेकोले यिनीहरू तिरस्कृत भएका छन्‌।  तर यिनीहरू अझ अघि बढ्‌न पाउनेछैनन्‌, किनकि जसरी ती दुई जनाको पागलपन प्रकट भयो, त्यसरी नै यिनीहरूको पागलपन पनि सबैसामु उदाङ्‌ग हुनेछ। १०  तर तिमीले भने मेरो शिक्षा, मेरो जीवनशैली, मेरो उद्देश्य, मेरो विश्वास, मेरो धीरज, मेरो प्रेम र मेरो सहनशीलता राम्ररी देखेका छौ। ११  त्यसैगरि, ममाथि आइपरेको खेदो, मेरो कष्ट अनि एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि के-के आइपऱ्यो, त्यो पनि तिमीलाई थाह छ; तैपनि प्रभुले मलाई यी सबै खेदोहरूबाट छुटाउनुभयो। १२  वास्तवमा, ख्रीष्ट येशूको चेलाको नाताले परमेश्वरको भक्ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ। १३  तर दुष्ट र जाली मानिसहरू झन्‌-झन्‌ खराब हुँदै जानेछन्‌। तिनीहरूले अरूलाई बहकाउनुका साथै आफै पनि बहकिनेछन्‌। १४  तर तिमी भने आफूले सिकेका र तिमीलाई विश्वस्त पारिएका कुराहरूमा लागिरह। तिमीले यी कुराहरू कसबाट सिकेका हौ, तिमीलाई थाहै छ १५  अनि तिमीलाई शैशवकालदेखि नै पवित्र लेखोटहरू पनि थाह छ, जसबाट हासिल हुने बुद्धिले ख्रीष्ट येशूमाथिको विश्वासद्वारा तिम्रो उद्धार गर्नेछ। १६  धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र यो सिकाउन, सुधार्न, सच्याउन र परमेश्वरको स्तरबमोजिम अनुशासन दिनका लागि उपयोगी छ, १७  जसले परमेश्वरको जनलाई पूर्णतया योग्य र हरेक असल कामका लागि तयार बनाउँछ।

फुटनोटहरू