अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ कोरिन्थी ६:१-१८

 परमेश्वरसँग काम गर्दै हामी तिमीहरूलाई यो पनि बिन्ती गर्छौं कि परमेश्वरको असीम अनुग्रह स्वीकारेपछि यसको उद्देश्यलाई नबिर्स। २  किनकि उहाँ भन्नुहुन्छ: “निगाह पाउने समयमा मैले तिम्रो कुरा सुनें अनि उद्धारको दिनमा मैले तिमीलाई मदत गरें।” हेर, निगाह पाउने खास समय अहिल्यै हो। हेर, उद्धारको दिन अहिल्यै हो। ३  हाम्रो सेवामा कुनै खोट नभेटिओस् भनेर ठेस लाग्ने कुनै कारण हामी दिंदैनौं, ४  बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौं: धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा परेर, कठिनाइ सहेर, ५  पिटाइ खाएर, झ्यालखानामा थुनिएर, हूलदङ्गामा परेर, कडा परिश्रम गरेर, अनिदो रात बिताएर, भोकै बसेर, ६  शुद्ध रहेर, ज्ञानअनुसार चलेर, धीरज देखाएर, दया गरेर, पवित्र शक्तिअनुसार चलेर, निष्कपट प्रेम देखाएर, ७  सत्य बोलेर, परमेश्वरको तागतमा भर परेर अनि दाहिने र देब्रे हातमा उहाँको स्तरबमोजिमको असल कामको हतियार बोकेर, ८  आदर र अनादर पाएर, बदनाम र सुनाम कमाएर। साथै, हामी ठगाहा ठानिन्छौं तैपनि सच्चा छौं, ९  अपरिचित ठानिन्छौं तैपनि चिरपरिचित छौं, मर्नै लागेका ठानिन्छौं तैपनि हेर, हामी जिउँदा छौं, अनुशासन पाएका ठानिन्छौं तैपनि मृत्युको हातमा सुम्पिइएका छैनौं, १०  अफसोस गरिरहेका ठानिन्छौं तैपनि सधैं रमाउँछौं, गरिब ठानिन्छौं तैपनि धेरैलाई धनी बनाउँछौं अनि केही नभएका ठानिन्छौं तैपनि हामीसित सब थोक छ। ११  ए कोरिन्थीहरू हो, हामीले तिमीहरूलाई खुलस्त भनेका छौं, हामी अझ ठूलो मनका भएका छौं। १२  हाम्रो मन तिमीहरूको लागि साँघुरो भएको छैन, बरु कोमल स्नेह देखाउनमा तिमीहरूकै मन साँघुरो भएको छ। १३  त्यसैले, तिमीहरूलाई आफ्नै छोराछोरी ठानेर म भन्छु, तिमीहरू पनि हामीप्रति ठूलो मनका होओ। १४  विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ, किनकि यस्तो जोडा मिल्दैन। सुकर्म र कुकर्मबीच के मेल? वा अन्धकारसित ज्योतिको के साझेदारी? १५  साथै, ख्रीष्ट र सैतानबीच* के तालमेल? वा विश्वास गर्ने र विश्वास नगर्नेबीच के समानता? १६  अनि मूर्तिहरूसित परमेश्वरको मन्दिरको के सहमति? किनकि हामी जीवित परमेश्वरको मन्दिर हौं, जस्तो परमेश्वरले भन्नुभएको छ: “म तिनीहरूमाझ बास गर्नेछु र तिनीहरूमाझ हिंडडुल गर्नेछु अनि म तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरू मेरा जनहरू हुनेछन्‌।” १७  “यहोवा भन्नुहुन्छ: ‘त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध थोक छुन बन्द गर र म तिमीहरूलाई ग्रहण गर्नेछु।’ ” १८  “सर्वशक्तिमान्‌ यहोवा भन्नुहुन्छ: ‘अनि म तिमीहरूको बुबा हुनेछु र तिमीहरू मेरा छोरा र छोरीहरू हुनेछौ।’ ”

फुटनोटहरू

२को ६:१५ * वा, “बेलिआलबीच।”