अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ कोरिन्थी २:१-१७

 म फेरि तिमीहरूकहाँ आउँदा तिमीहरूलाई दुःखी नबनाउने निश्चय मैले गरेको छु। २  यदि मैले तिमीहरूलाई नै दुःखी बनाएँ भने मलाई कसले खुसी बनाउने, किनकि मलाई खुसी बनाउने त तिमीहरू नै हौ? ३  मैले यसकारण त्यसो लेखेको थिएँ कि जब म तिमीहरूकहाँ आउनेछु, तब जसको कारण म रमाउनुपर्ने हो, उनीहरूकै कारण दुःखी हुनु नपरोस्, किनकि तिमीहरू सबैमाथि मेरो यो भरोसा छ कि जुन कारणले गर्दा म रमाउँछु, तिमीहरू पनि त्यही कारणले गर्दा रमाउँछौ। ४  ज्यादै सङ्कष्ट र मनको वेदनासहित आँसुको धारा बगाउँदै मैले तिमीहरूलाई लेखेको थिएँ, तिमीहरूलाई दुःखी बनाऊँ भनेर त होइन तर विशेष गरी तिमीहरूलाई म कति धेरै प्रेम गर्छु, त्यो तिमीहरूले थाह पाओ भनेर हो। ५  अब यदि कसैले दुःखी बनाएको छ भने उसले मलाई होइन तर केही हदसम्म तिमीहरू सबैलाई दुःखी बनाएको छ—योभन्दा कडा शब्द म चलाउन चाहन्नँ। ६  धेरै जनाले उसलाई दिएको हप्की नै उसको लागि यथेष्ट छ। ७  बरु अब तिमीहरूले उसलाई दयापूर्वक क्षमा दिनुपर्छ र सान्त्वना दिनुपर्छ, ताकि ऊ अति दुःखी भएर शोकमा नडुबोस्। ८  त्यसैले तिमीहरू उसलाई प्रेम गर्छौ भनी उसलाई ढुक्क बनाउन म तिमीहरूलाई आग्रह गर्छु। ९  सबै कुरामा तिमीहरू आज्ञाकारी छौ कि छैनौ भन्ने कुराको पक्का प्रमाण पाउन पनि म तिमीहरूलाई यो पत्र लेख्दैछु। १०  तिमीहरूले कसैलाई कुनै कुराको लागि दया गरेर क्षमा दिन्छौ भने उसलाई म पनि क्षमा दिन्छु। वास्तवमा, यदि मैले दया गरेर कुनै कुराको लागि क्षमा दिएको छु भने दया गरेर जे-जति क्षमा दिएको छु, त्यो ख्रीष्टको नजरमा तिमीहरूकै खातिर दिएको हुँ, ११  ताकि सैतान हामीमाथि हाबी हुन नपाओस्, किनकि त्यसका युक्तिहरूबारे हामी अनजान छैनौं। १२  ख्रीष्टबारे सुसमाचार घोषणा गर्न जब म त्रोआस पुगेको थिएँ र प्रभुको सेवा गर्न मेरो लागि मौकाको ढोका खुलेको थियो, १३  तब हाम्रो भाइ तीतसलाई त्यहाँ नभेटेकोले मलाई चैन* भएन। अनि म तिनीहरूसित बिदाबारी भएर म्यासिडोनियातिर लागें। १४  तर हाम्रा परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्टको साथमा सधैं विजययात्रामा डोऱ्याउनुहुन्छ र उहाँको ज्ञानको सुगन्ध हामीद्वारा हरेक ठाउँमा फैलाउनुहुन्छ! १५  उद्धार पाउनेहरूका लागि र नष्ट हुनेहरूका लागि परमेश्वरसामु हामी ख्रीष्टका सुगन्ध हौं। १६  नष्ट हुनेहरूका लागि मृत्युको दुर्गन्ध, जसको परिणाम मृत्यु हुन्छ र उद्धार पाउनेहरूका लागि जीवनको सुगन्ध, जसको परिणाम जीवन हुन्छ। यस्तो सेवाको लागि को योग्य छ? १७  हामी छौं; किनकि अरू थुप्रै मानिसजस्तो हामी परमेश्वरको वचनका व्यापारीहरू होइनौं तर हामी निष्कपटतासहित, हो, परमेश्वरबाट पठाइएकाहरूको नाताले परमेश्वरको नजरसामु, ख्रीष्टको साथमा हामी बोल्दैछौं।

फुटनोटहरू

२को २:१३ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।