सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ थिस्सलोनिकी ५:१-२८

 हे भाइहरू हो, जहाँसम्म समय र बेलाको कुरा छ, यस विषयमा हामीले तिमीहरूलाई केही लेखिरहनु आवश्यक छैन।  किनकि यहोवाको दिन राती चोर आएजस्तै गरी आउँदैछ भनेर तिमीहरू आफैलाई राम्ररी थाह छ।  जब तिनीहरूले “शान्ति र सुरक्षा!” भनिरहेका हुन्छन्‌, तब गर्भवती स्त्रीलाई अचानक व्यथा लागेजस्तै तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ र तिनीहरू कुनै हालतमा उम्कनेछैनन्‌।  तर हे भाइहरू हो, तिमीहरू अन्धकारमा छैनौ; त्यसैले चालै नपाई उज्यालो हुँदा चोर छक्क परेजस्तै त्यो दिन आउँदा तिमीहरू छक्क पर्न नपरोस्,  किनकि तिमीहरू सबै जना उज्यालोका सन्तान अनि दिनका सन्तान हौ। हामी न रातका न त अन्धकारका हौं।  त्यसैले आओ, बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔं, बरु जागा बसौं अनि सचेत रहौं।  किनकि जो निदाउँछन्‌, तिनीहरूलाई राती निदाउने बानी परिसकेको हुन्छ अनि जो पिएर मात्तिन्छन्‌, तिनीहरू अक्सर रातमै मात्तिन्छन्‌।  तर हामीचाहिं दिनका हौं; त्यसैले आओ, हामी सचेत रहौं अनि विश्वास र प्रेमको कवच अनि उद्धारको आशाको टोप लगाऔं।  किनभने हामीले उहाँको क्रोध भोगोस् भनेर होइन तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा उद्धार पाओस् भनेर परमेश्वरले हामीलाई रोज्नुभएको हो। १०  चाहे हामी जागा बसौं वा मृत्युको चिर निद्रामा परौं, हामी उहाँसँगै बाँचोस् भनेर येशू हाम्रो निम्ति मर्नुभयो। ११  त्यसैले, एक-अर्कालाई सान्त्वना दिइरहो अनि एक-अर्काको उत्थान गरिरहो; भनौं भने, तिमीहरूले त्यसै गरिरहेका पनि छौ। १२  हे भाइहरू हो, अब हामी तिमीहरूलाई के अनुरोध गर्छौं भने, जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ अनि प्रभुको काममा नेतृत्व लिइरहेका छन्‌ अनि तिमीहरूलाई सम्झाइबुझाइ गरिरहेका छन्‌, तिनीहरूको आदर गर; १३  अनि तिनीहरूले गरिरहेको कामको खातिर प्रेमले ओतप्रोत भई तिनीहरूको झन्‌ धेरै आदर गर। एक-अर्कासँग शान्तिसित बस। १४  हे भाइहरू हो, हामी तिमीहरूलाई यो अर्ती पनि दिन्छौं, कि जो बेकाइदासँग चल्छन्‌, तिनीहरूलाई चेतावनी देओ, जो निराश छन्‌, तिनीहरूसित सान्त्वनादायी कुरा गर, जो कमजोर छन्‌, तिनीहरूलाई मदत गर अनि सबैसित धीरजी होओ। १५  यो याद राख, कि तिमीहरूमध्ये कसैले अरूलाई खराबीको बदला खराबी नगरोस्, बरु तिमीहरू सधैं एक-अर्काको अनि अरू सबैको भलो हुने काम गर। १६  सधैं रमाइरहो। १७  निरन्तर प्रार्थना गर। १८  सबै कुराको निम्ति धन्यवाद चढाओ। किनकि परमेश्वर र ख्रीष्ट येशू तिमीहरूले यसै गरोस् भन्ने इच्छा गर्नुहुन्छ। १९  पवित्र शक्तिको काममा बाधा नपुऱ्याओ।* २०  भविष्यवाणीहरूलाई तुच्छ नसम्झ। २१  सबै कुरा जाँच र असल के हो, सो पक्का गर अनि त्यसैलाई पक्रिराख। २२  हरकिसिमको दुष्टताबाट अलग बस। २३  शान्तिका परमेश्वरले नै तिमीहरूलाई पूर्णतया पवित्र पारून्‌। अनि हाम्रा प्रभु येशू ख्रीष्टको उपस्थितिको दौडान तिमीहरूको सम्पूर्ण मन,* ज्यान * र शरीर हरतवरले दोषरहित अनि सुरक्षित होस्। २४  जसले तिमीहरूलाई बोलाउँदै हुनुहुन्छ, उहाँले त्यसै गर्नुहुनेछ, किनभने उहाँ विश्वासयोग्य हुनुहुन्छ। २५  हे भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गरिरहो। २६  सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर। २७  यो पत्र सबै भाइहरूलाई पढेर सुनाउनू भनी म तिमीहरूलाई प्रभुको नाममा आग्रह गर्छु। २८  हाम्रा प्रभु येशू ख्रीष्टको असीम अनुग्रह तिमीहरूसित रहोस्।

फुटनोटहरू

शाब्दिक, “पवित्र शक्तिको आगोलाई ननिभाओ।”
ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।
ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।