अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ थिस्सलोनिकी ४:१-१८

 अन्तमा हे भाइहरू हो, प्रभु येशूको नाममा हामी तिमीहरूलाई यो आग्रह गर्छौं र प्रोत्साहन दिन्छौं, कि तिमीहरू कसरी हिंड्नुपर्छ र कसरी परमेश्वरलाई खुसी तुल्याउनुपर्छ भन्ने विषयमा तिमीहरूले हामीबाट पाएको निर्देशनबमोजिम जसरी तिमीहरू अहिले हिंडिरहेका छौ, त्यसरी नै अझ राम्ररी हिंडिरहो। २  किनकि प्रभु येशूको तर्फबाट हामीले तिमीहरूलाई दिएका आज्ञाहरू त तिमीहरूलाई थाहै छ। ३  परमेश्वरको इच्छा यही छ, कि तिमीहरू पवित्र रहो अर्थात्‌ अवैध यौनसम्बन्धबाट* अलग रहो, ४  अनि तिमीहरू हरेकले आफ्नो शरीरलाई पवित्रता र आदरसाथ वशमा राख्न जान, ५  तर कामवासनाको लालचसाथ होइन, जुन अन्यजातिका ती मानिसहरूमा हुन्छ, जसले परमेश्वरलाई चिनेका छैनन्‌। ६  यस मामिलामा कसैले पनि आफ्नो भाइको हानि नगरोस् र उसको अधिकार नखोसोस्, किनकि यी सबै कुराहरूका लागि सजाय दिने यहोवा नै हुनुहुन्छ, जसको विषयमा हामीले तिमीहरूलाई पहिल्यै भनेका थियौं र राम्ररी साक्षी दिएका थियौं। ७  किनकि परमेश्वरले हामीलाई अशुद्ध बन्ने छुट दिन होइन तर पवित्र बन्न बोलाउनुभएको हो। ८  त्यसकारण, जसले यो शिक्षालाई तिरस्कार गर्छ, उसले मानिसलाई होइन तर तिमीहरूलाई आफ्नो पवित्र शक्ति दिनुहुने परमेश्वरलाई तिरस्कार गर्छ। ९  तथापि, भ्रातृप्रेमको सन्दर्भमा हामीले तिमीहरूलाई लेखिरहनुपर्ने कुनै आवश्यकता छैन, किनकि आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्वरबाटै तिमीहरू सिकाइएका छौ। १०  अनि वास्तवमा, म्यासिडोनियाभरिका सबै भाइहरूलाई तिमीहरूले त्यसै गरिरहेका छौ। तर हे भाइहरू हो, हामी तिमीहरूलाई यो प्रोत्साहन दिन्छौं, कि तिमीहरू झन्‌ धेरै त्यसो गर्दै जाओ, ११  अनि हामीले आज्ञा दिएबमोजिम तिमीहरूले शान्तिसित बस्ने, अरूको कुरामा हात नहाल्ने र आफ्नै हातले परिश्रम गर्ने लक्ष्य राख। १२  यसो गऱ्यौ भने बाहिरका मानिसहरूको नजरमा तिमीहरूको जीवनशैली भद्र हुनेछ र तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। १३  साथै, हे भाइहरू हो, तिमीहरू मृत्युको चिर निद्रामा परेकाहरूको विषयमा अजान रहो भन्ने हामी चाहँदैनौं, ताकि आशा नभएका अरूहरूले जस्तो तिमीहरूले शोक गर्नु नपरोस्। १४  येशू मर्नुभयो र फेरि ब्यूँतनुभयो भनी हामी विश्वास गर्छौं भने जो-जो येशूको चेलाको रूपमा मरे, तिनीहरू उहाँसँगै होऊन्‌ भनेर परमेश्वरले तिनीहरूलाई ब्यूँताउनुहुनेछ भन्ने कुरामा पनि हामी विश्वास गर्छौं। १५  यहोवाको वचनद्वारा हामी तिमीहरूलाई यो बताउँछौं, कि हामीमध्ये जो-जो प्रभुको उपस्थितिको दौडान बाँचिरहेका हुनेछौं, मृत्युको चिर निद्रामा परिसकेकाहरूलाई हामीले कुनै हालतमा उछिन्नेछैनौं, १६  किनभने प्रभु स्वयम् ठूलो सोर, प्रधान दूतको आवाज अनि परमेश्वरको बिगुलको आवाजसहित स्वर्गबाट ओर्लनुहुनेछ र ख्रीष्टको चेलाको रूपमा मर्नेहरू पहिला ब्यूँतनेछन्‌। १७  त्यसपछि, हामी जो जिउँदा छौं र जो बचेका छौं, हामी उठाइनेछौं र बादलहरूमा लगिनेछौं अनि तिनीहरूसित हुनेछौं र प्रभुलाई आकाशमा भेट्नेछौं। यसरी हामी सधैंभरि प्रभुसँगै हुनेछौं। १८  त्यसैले एक-अर्कालाई यी वचनहरूद्वारा सान्त्वना दिइरहो।

फुटनोटहरू

१थि ४:३ * अतिरिक्त लेख ४ हेर्नुहोस्।