सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ तिमोथी ३:१-१६

 यो कुरा विश्वासयोग्य छ: यदि कुनै पुरुष निरीक्षक बन्न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ। २  त्यसैले निरीक्षकलाई कुनै दोष लागेको हुनुहुँदैन, तिनी एकै जना स्त्रीको पति, सन्तुलित आनीबानी भएको, सुझबुझ भएको, व्यवस्थित र अतिथि-सत्कार गर्ने हुनुपर्छ अनि तिनीसित सिकाउने योग्यता हुनुपर्छ, ३  तिनले मद्यपान गरेर झैझगडा गर्नुहुँदैन, अरूलाई चोट पुऱ्याउनुहुँदैन, बरु व्यावहारिक हुनुपर्छ अनि झगडालु र पैसाको प्रेमी हुनुहुँदैन, ४  तिनले आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ र तिनका छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नुपर्छ; ५  (हुन पनि, आफ्नै घरपरिवारको अगुवाइ लिन नजान्ने पुरुषले कसरी परमेश्वरको मण्डलीको हेरचाह गर्न सक्छ र?) ६  तिनी भर्खरै ख्रीष्टियन बनेको हुनुहुँदैन, नत्र त तिनी घमन्डले फुल्नेछन्‌ र तिनले दियाबलकै* जस्तो दण्ड पाउनेछन्‌। ७  यसबाहेक, बाहिरका मानिसहरूबाट पनि तिनले राम्रो नाम कमाएको हुनुपर्छ, नत्र त तिनीमाथि दोष लाग्नेछ र तिनी दियाबलको पासोमा पर्नेछन्‌। ८  त्यसैगरि, सहायक सेवक गम्भीर हुनुपर्छ, दुईजिब्रे हुनुहुँदैन, तिनले धेरै मद्यपान गर्नुहुँदैन र बेइमानीद्वारा केही पाउने लोभ गर्नुहुँदैन, ९  तिनले सफा अन्तस्करणले परमेश्वरको पवित्र रहस्यलाई पक्रनुपर्छ, जसमा ख्रीष्टियन विश्वास पनि समावेश छ। १०  यसबाहेक, पहिले यिनीहरूको योग्यता जाँच्नुपर्छ र दोषरहित पाइएपछि तिनीहरूलाई सेवकको रूपमा सेवा गर्न दिनुपर्छ। ११  त्यसैगरि, स्त्रीहरू गम्भीर हुनुपर्छ, तिनीहरूले अरूको निन्दा गर्नुहुँदैन, बरु तिनीहरूको आनीबानी सन्तुलित हुनुपर्छ अनि तिनीहरू सबै कुरामा विश्वासयोग्य हुनुपर्छ। १२  सहायक सेवकहरू एकै जना स्त्रीको पति होऊन्‌ अनि तिनीहरूले आफ्ना छोराछोरी र घरपरिवारको राम्ररी अगुवाइ लिऊन्‌। १३  किनकि राम्ररी सेवा गर्ने पुरुषहरूले असल नाम कमाउँछन्‌ र तिनीहरूले निर्धक्क भई साहसका साथ आफ्नो ख्रीष्टियन विश्वासबारे बोल्न सक्छन्‌। १४  हुन त म तिमीकहाँ छिट्टै आउने आशा गरिरहेको छु, तैपनि म यी कुराहरू लेख्दैछु, १५  ताकि यदि केही गरी म आउन ढिलो भयो भने परमेश्वरको घराना, जुन जीवित परमेश्वरको मण्डली र सत्यको खम्बा अनि जग हो, त्यसमा तिमी कसरी चल्नुपर्छ, त्यो तिमीलाई थाह होस्। १६  निस्सन्देह, परमेश्वरको भक्तिको यो पवित्र रहस्य साँच्चै महान्‌ छ: ‘येशू मानिसको रूपमा प्रकट हुनुभयो, पवित्र शक्तिद्वारा परमेश्वरको नजरमा असल ठहरिनुभयो, स्वर्गदूतहरूसामु देखा पर्नुभयो, जाति-जातिका मानिसहरूबीच उहाँको विषयमा प्रचार भयो, संसारमा उहाँमाथि विश्वास गरियो अनि उहाँ महिमाका साथ माथि उचालिनुभयो।’

फुटनोटहरू

१ति ३:६ * ग्रीकमा “दियाबोलोस,” जसको अर्थ हो “निन्दक।”