अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ तिमोथी २:१-१५

 त्यसैले सर्वप्रथम म आग्रह गर्छु, कि सबै किसिमका मानिसहरूका लागि उत्कट बिन्ती, प्रार्थना, अन्तरबिन्ती र धन्यवाद चढाओ। २  राजाहरू र सबै उच्च पदाधिकारीहरूका लागि पनि त्यसै गर, ताकि हामीले पूर्ण गम्भीरतासाथ परमेश्वरको भक्ति गर्दै शान्ति र चैनको जीवन बिताउन सकौं। ३  हाम्रा उद्धारक परमेश्वरको नजरमा यो असल र ग्रहणयोग्य छ। ४  उहाँ सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्ने चाहनुहुन्छ। ५  किनकि परमेश्वर एक जना हुनुहुन्छ अनि परमेश्वर र मानिसबीचको मध्यस्थकर्ता पनि एकै जना हुनुहुन्छ, जो मानिस अर्थात्‌ ख्रीष्ट येशू हुनुहुन्छ। ६  उहाँले सबैका लागि फिरौतीस्वरूप आफूलाई अर्पण गर्नुभयो। तोकिएको समयमा अवश्य यसबारे साक्षी दिइनेछ। ७  यसै विषयमा साक्षी दिन मलाई प्रचारक र प्रेषित अर्थात्‌ विश्वास र सत्यबारे सिकाउन अन्यजातिका मानिसहरूको शिक्षक नियुक्त गरिएको थियो। म सत्य बोल्दैछु, झूट होइन। ८  त्यसैले, पुरुषहरूले सबै ठाउँमा वफादार भई आफ्नो हात उठाएर प्रार्थना गरिरहून्‌ अनि तिनीहरू क्रोध र वाद-विवादबाट अलग रहून्‌ भन्ने म चाहन्छु। ९  त्यसैगरि, स्त्रीहरूको सिंगार भद्र पोसाक, शालीनता र सुझबुझ होस्। नानाकिसिमले कपाल बाटेर, सुन वा मोतीको गरगहना लगाएर वा अत्यन्तै महँगो वस्त्र पहिरिएर होइन १०  तर असल कामहरूद्वारा तिनीहरूले आफूलाई सिंगारून्‌, किनकि परमेश्वरको भक्ति गर्छु भनी दाबी गर्ने स्त्रीहरूलाई शोभा दिने कुरा यही हो। ११  स्त्रीले पूर्णतया अधीनमा बसेर चुपचाप सिकोस्। १२  स्त्रीले सिकाउने वा पुरुषमाथि अख्तियार चलाउने अनुमति म दिन्नँ तर ऊ चुपचाप रहोस्। १३  किनकि पहिला आदमलाई सृष्टि गरिएको हो, त्यसपछि मात्र हव्वालाई। १४  साथै, आदमलाई बहकाइएको होइन तर स्त्रीलाई पूर्णतया बहकाइएको हो र तिनले अपराध गरेकी हुन्‌। १५  बरु छोराछोरी जन्माउनु नै तिनीहरूको निम्ति सुरक्षा हो। तथापि, तिनीहरूसित विश्वास, प्रेम र पवित्रताका साथै सुझबुझ हुनु आवश्यक छ।

फुटनोटहरू