सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ कोरिन्थी ८:१-१३

 मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामी सबैसित ज्ञान छ भनेर हामीलाई थाह छ। ज्ञानले घमन्ड बढाउँछ तर प्रेमले उन्नति गराउँछ। २  यदि कसैले कुनै विषयमा ज्ञान हासिल गरिसकेको छु भनी सोच्छ भने उसले त्यसबारे जे थाह पाउनुपर्ने हो, त्यो थाह पाइसकेको हुँदैन। ३  तर यदि कसैले परमेश्वरलाई प्रेम गर्छ भने परमेश्वरले उसलाई चिन्नुहुन्छ। ४  अब मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामीलाई थाह छ, मूर्ति केही पनि होइन र परमेश्वर एक जना मात्र हुनुहुन्छ। ५  थुप्रै “ईश्वर” र थुप्रै “प्रभु” भएझैं, चाहे स्वर्गमा होस् वा पृथ्वीमा, “ईश्वर” कहलिएकाहरू त छन्‌ तर ६  वास्तवमा हाम्रो लागि परमेश्वर एकै जना हुनुहुन्छ, जो बुबा हुनुहुन्छ र जसबाट सबै कुरा भए अनि हामी उहाँकै लागि हौं। अनि प्रभु एकै जना हुनुहुन्छ, जो येशू ख्रीष्ट हुनुहुन्छ र जसबाट सबै कुरा भए अनि हामी उहाँद्वारै भयौं। ७  तैपनि यो ज्ञान सबै मानिससित छैन। कसै-कसैलाई अझै पनि मूर्तिहरूसित सम्बन्धित रीतिथितिको बानी परेको हुँदा खान बस्दा त्यो मूर्तिलाई चढाइएको खानेकुरा होला भनी सोच्छन्‌। अनि उनीहरूको अन्तस्करण कमजोर भएकोले दूषित हुन्छ। ८  तर खानेकुराले हामीलाई परमेश्वरसित घनिष्ठ बनाउँदैन। यदि हामी खाँदैनौं भने हामीले केही गुमाउँदैनौं न त खान्छौं भने केही पाउँछौं। ९  तर सचेत रहो कि तिमीहरूको यो अधिकार कमजोरहरूका लागि कुनै किसिमले ठक्करको कारण नबनोस्। १०  यदि कसैले तिमी ज्ञान भएको मानिसलाई मूर्तिहरूको मन्दिरमा खान बसिरहेको देख्यो भने के कमजोर मानिसको अन्तस्करण मूर्तिहरूलाई चढाइएको खानेकुरा खान सुरिंदैन र? ११  साँच्चै, तिम्रो ज्ञानले गर्दा कमजोर मानिस बर्बाद भइरहेको हुन्छ, तिम्रो त्यो भाइ जसको खातिर ख्रीष्ट मर्नुभयो। १२  यसरी जब तिमीहरूले आफ्ना भाइहरूको विरुद्धमा पाप गर्छौ अनि तिनीहरूको कमजोर अन्तस्करणलाई चोट पुऱ्याउँछौं, तब तिमीहरूले ख्रीष्टको विरुद्धमा पाप गरिरहेका हुन्छौ। १३  तसर्थ, यदि खानेकुराले गर्दा मेरो भाइलाई ठक्कर पुग्छ भने म फेरि कहिल्यै मासु खाँदिनँ, ताकि मैले गर्दा मेरो भाइले ठक्कर नखाओस्।

फुटनोटहरू