अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ कोरिन्थी ५:१-१३

 भनौं भने, तिमीहरूमाझ अवैध यौनसम्बन्ध* छ भनेर मैले सुनेको छु, यस्तो अवैध यौनसम्बन्ध कि जुन अन्यजातिका मानिसहरूबीचमा समेत हुँदैन। तिमीहरूमध्ये कसैले आफ्नै बुबाकी पत्नीलाई राखेको छ रे। २  अनि यस्तो काम गर्ने मानिसलाई आफ्नो बीचबाट हटाउनुपर्ने हो भनेर सरम मान्नु अनि दोषी महसुस गर्नुको साटो के तिमीहरू घमन्डले फुल्छौ? ३  म त्यहाँ तिमीहरूकहाँ नभए तापनि मेरो मन त त्यहीं छ र यस्तो काम गर्ने मानिसलाई आफू त्यहीं उपस्थित भएजस्तै गरी मैले दोषी साबित गरिसकें। ४  त्यसैले जब तिमीहरू भेला हुन्छौ, मेरो मन अनि हाम्रा प्रभु येशूको शक्ति पनि तिमीहरूसित हुनेछ, तब प्रभु येशूको नाममा ५  तिमीहरूले त्यस्तो मानिसलाई सैतानलाई सुम्पिदेओ र त्यस मानिसले मण्डलीभित्र ल्याएको पापी झुकावलाई नष्ट गर, ताकि प्रभुको दिनमा मण्डलीको असल झुकाव सुरक्षित रहोस्। ६  तिमीहरू जे कुरामा घमन्ड गर्दैछौ, त्यो ठीक छैन। अलिकता खमिरले पीठोको पूरै ढिकोलाई खमिरा बनाइदिन्छ भनेर के तिमीहरूलाई थाह छैन? ७  पुरानो खमिरलाई हटाओ तब तिमीहरू खमिर नहालेको नयाँ ढिको बन्न सक्नेछौ, किनकि हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको हुनाले तिमीहरू वास्तवमा खमिरबाट मुक्त छौ। ८  यसकारण, आओ हामी न पुरानो खमिरले न त खराबी अनि दुष्टताको खमिरले तर निष्कपटता अनि सत्यताको अखमिरा रोटीले यो चाड मनाऔं। ९  अवैध यौनसम्बन्ध राख्नेहरूसित सङ्गत नगर्नू भनेर मैले आफ्नो पत्रमा तिमीहरूलाई लेखेको थिएँ, १०  तर अवैध यौनसम्बन्ध राख्ने यस संसारका मानिसहरूसित वा लोभी मानिसहरूसित अनि लुटाहा वा मूर्तिपूजकहरूसित पटक्कै सङ्गत नगर्नू भन्न खोजेको त होइन, नत्र त तिमीहरू यस संसारबाट साँच्चै निस्केर जानुपर्नेछ। ११  तर अब म त्यस्ता मानिसहरूसित सङ्गत गर्न छोड्नु भनेर तिमीहरूलाई लेख्दैछु, जो भाइ कहलिएर पनि अवैध यौनसम्बन्ध राख्छ वा जो लोभी वा मूर्तिपूजक वा निन्दक वा पियक्कड वा लुटाहा हो। त्यस्तो मानिससित त खाँदै नखाओ। १२  बाहिरकाहरूको न्याय गर्न मलाई के खाँचो? तिमीहरूले भित्रकाहरूकै न्याय गर्नुपर्ने होइन र? १३  बाहिरकाहरूको न्याय त परमेश्वरले नै गर्नुहुन्छ। “त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।”

फुटनोटहरू

१को ५:१ * अतिरिक्त लेख ४ हेर्नुहोस्।