अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ कोरिन्थी २:१-१६

 यसकारण ए भाइहरू हो, जब म तिमीहरूकहाँ आएँ, तब ठूलठूला कुरा गरेर वा आफ्नो बुद्धि प्रदर्शन गर्न खोजेर परमेश्वरको पवित्र रहस्य मैले तिमीहरूलाई घोषणा गरिनँ। २  किनकि येशू ख्रीष्ट र उहाँलाई खम्बामा टाँगिएको विषयबाहेक अरू कुनै पनि कुरातर्फ तिमीहरूको ध्यानाकर्षण नगर्ने अठोट मैले गरें। ३  म तिमीहरूकहाँ आउँदा कमजोर थिएँ र डरले थरथर काँपिरहेको थिएँ। ४  अनि मैले जे बोलें र प्रचार गरें, ती बुद्धिले भरिएका जोडदार वचन थिएनन्‌, बरु त्यसले पवित्र शक्तिको तागत प्रदर्शन गऱ्यो, ५  ताकि तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमा होइन तर परमेश्वरको शक्तिमा होस्। ६  अब जो-जो परिपक्व छन्‌, तिनीहरूसित हामी बुद्धिले भरिएका कुरा गर्छौं तर यस युगको बुद्धि वा यस युगका ती शासकहरूको बुद्धिको विषयमा त होइन, जसको अस्तित्व मेटिनेछ। ७  तर हामी पवित्र रहस्यमा भएको परमेश्वरको बुद्धि अर्थात्‌ लुकाइएको बुद्धिबारे कुरा गर्छौं। परमेश्वरले हाम्रो गौरवका लागि यसो गर्ने उद्देश्य युगौंअघि राख्नुभएको थियो। ८  यस युगका शासकहरूमध्ये कसैले पनि यस बुद्धिबारे थाह पाएनन्‌, किनकि थाह पाएका भए त तिनीहरूले गौरवशाली प्रभुलाई टाँग्ने थिएनन्‌। ९  तर जस्तो लेखिएको छ: “आँखाले नदेखेका, कानले नसुनेका अनि मानिसहरूको मनले नबुझेका कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।” १०  परमेश्वरले आफ्नो पवित्र शक्तिद्वारा यी कुराहरू हामीलाई प्रकट गर्नुभएको छ, किनकि पवित्र शक्तिले सबै कुरा, हो, परमेश्वरका गहिरा कुराहरूसमेत खोजतलास गर्छ। ११  मानिसहरूमध्ये कसले पो अर्को मानिसको सोचाइ जान्न सक्छ र? आफ्नो मनमा के छ, त्यो त आफैलाई* मात्र थाह हुन्छ। त्यसरी नै, परमेश्वरको मनमा के छ, त्यो पनि उहाँको पवित्र शक्तिबाहेक अरू कसैलाई थाह छैन। १२  हामीले संसारको मनोभाव* होइन तर परमेश्वरको पवित्र शक्ति पाएका छौं, ताकि परमेश्वरले दया गरेर हामीलाई दिनुभएका कुराहरू थाह पाउन सकौं। १३  हामी यी कुराहरू मानिसको बुद्धिले सिकाएका शब्दहरूद्वारा होइन तर पवित्र शक्तिले सिकाएका शब्दहरूद्वारा सिकाउँछौं, किनभने पवित्र शक्तिद्वारा पाएका शब्दहरूमार्फत नै हामी परमेश्वरसित सम्बन्धित कुराहरू व्याख्या गर्छौं। १४  तर सांसारिक सोचाइ राख्ने मानिसले परमेश्वरको पवित्र शक्तिबाट आउने कुराहरू स्वीकार्दैन, किनकि ती कुराहरू उसको लागि मूर्खता हो अनि उसले ती बुझ्न सक्दैन किनभने परमेश्वरको पवित्र शक्तिद्वारा ती कुरा जाँच्नु आवश्यक हुन्छ। १५  तथापि, परमेश्वरको पवित्र शक्तिको निर्देशनबमोजिम चल्ने मानिसले सबै कुरा जाँच्छ तर उसलाई भने सांसारिक सोचाइ राख्ने मानिसले जाँच्न सक्दैन। १६  किनकि “यहोवाको सोचाइ कसले पो थाह पाएको छ र, उहाँलाई सिकाओस्?” तर हामीसित भने ख्रीष्टको सोचाइ छ।

फुटनोटहरू

१को २:११ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।
१को २:१२ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।