सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ कोरिन्थी १३:१-१३

१३  यदि म मानिसहरूको र स्वर्गदूतहरूको भाषामा बोल्छु तर मसित प्रेमचाहिं छैन भने म ट्‌वाङट्‌वाङ बज्ने घण्टा वा झ्याइँझ्याइँ गर्ने झ्याली मात्र हुन्छु।  अनि यदि मसित भविष्यवाणी गर्ने वरदान छ, मलाई सबै पवित्र रहस्य थाह छ, मसित सबै ज्ञान छ अनि डाँडाहरू सार्न सक्नेसम्मको विश्वास छ तर प्रेमचाहिं छैन भने म केही पनि होइन।  अनि घमन्ड गर्न सकूँ भनेर मैले आफ्नो सारा सम्पत्ति अरूलाई खुवाउन दिएँ र आफ्नो ज्यानै दिएँ तर मसित प्रेमचाहिं छैन भने मलाई केही लाभ हुँदैन।  प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, फुर्ती लगाउँदैन, घमन्डले फुल्दैन,  अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन, आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन।  यो कुकर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ।  यसले सबै कुरा खप्छ, सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ।  प्रेम कहिल्यै अन्त हुँदैन। तर चाहे भविष्यवाणी गर्ने वरदानहरू होऊन्‌, ती हराएर जानेछन्‌; चाहे भाषाहरू हुन्‌, ती लोप हुनेछन्‌; चाहे ज्ञान होस्, त्यो बिलाएर जानेछ।  हामीसित अधुरो ज्ञान छ र हामी अधुरै भविष्यवाणी गर्छौं; १०  तर जब हामीसित पूर्ण ज्ञान हुन्छ, तब अधुरो ज्ञान बिलाएर जानेछ। ११  जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थें, बालकले जस्तै सोच्थें, बालकले जस्तै तर्क गर्थें; तर अहिले म वयस्क भएको छु र मैले बचपन छोडिदिएको छु। १२  अहिले हामी धातुको ऐनामा हेरेजस्तो धमिलो छाया मात्र देख्छौं तर त्यतिबेला आमनेसामने देख्नेछौं। अहिले मसित अधुरो ज्ञान मात्र छ; तर जसरी परमेश्वरलाई मबारे पूरा ज्ञान छ, त्यतिबेला मसित पनि पूरा ज्ञान हुनेछ। १३  अब विश्वास, आशा र प्रेम, यी तीन रहिरहन्छन्‌; तर यिनमा सर्वोत्तमचाहिं प्रेम हो।

फुटनोटहरू